बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

गण्डकी प्रदेशमा शनिबार थप १० कोरोना संक्रमित थपिए

शनिबार, साउन ३१ २०७७

पोखरा । गण्डकी प्रदेशमा शनिबार थप १० जना कोरोना संक्रमित थपिएका छन् । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले दिएको अपडेट अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षण अनुसार तनहुँका २ जना, कास्कीका ३ जना, बाग्लुङक ३ जना, गोरखा, स्याङजा र नवलपरासी पूर्वका एक एक जना थपिएका हुन् ।

नयाँ संक्रमितहरु सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६८२ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार