काठमाडौं(जस)– काठमाडौं(जस)– विश्वब्यापीरुपमा देखा परेको कोरोना भाइरसका कारण कतारमा समस्यामा परेका नेपालीलाई समाधानका निम्ति गैर आवासीय नेपाली संघ कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितिले कतार सरकार गृह मन्त्रालयमार्फत कतार च्यारिटीबाट प्राप्त तथा कतारमा स्थापित नेपाली संघ सस्थाहरुबाट प्राप्त खाद्यान्न वितरण २० औं चरणमा प्रवेश गरेको छ ।

एनसीसी कतारले खाद्यान्नको राहत प्याकेज २० औं चरणमा कतारको विभिन्न ठाउँमा खाद्यान्नको समस्यामा रहेका ६५० जना कोरोनाबाट समस्यामा परेका नेपाली श्रमिकहरुलाई वितरण गरिएको एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताए ।

राहत वितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार, एनआरएनए आईसीसी सदस्य रमेश भट्ट, एनआरएनए मानार्थ सदस्य बिल गुरुङ , एनआरएनए एनसीसी सल्लाहकार रमजान अलि मिया एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी उपाध्यक्ष एवं उद्दार समितिका संयोजक उत्तम गुरुङलगाएतको उपस्थिति रहेको थियो । अहिलेसम्म एनआरएनए कतारले कोरोनाबाट प्रभावित भएका ६५९० जनालाई राहत वितरण गरेको छ ।

बीसौं चरणको राहत बितरण
बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्योहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ।यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनी हरू लाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति क़तार सरकारको प्रराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय तथा गृह मन्त्रालय द्वारा क़तार चारेटि मार्फ़त प्राप्त ख़ाद्दान, क़तारमा स्थापित नेपाली संघ संस्थाहरू बाट प्राप्त बिबरण तथा आफै आन्लाइन फार्म भरेको नेपाली दाजुभाई तथा दीदी बहिनीहरू लाई गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीले बीसौ चरणमा मिति ७ अगस्त २०२० देखी १४ अगस्त २०२० सम्मा कतारको विभिन्न ठाउँमा रहेका ६५० जाना नेपाली दाजु भाई तथा दीदी बहिनी हरूलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको छ।
यस राहत बितरणमा खटिनुभएको दुताबास परिवार, आईसीसी प्रतिनिधि ज्यु हरू, एनसीसी प्रतिनिधि हरू, उद्दार तथा राहत वितरण समिति संयोजक ज्यु तथा सदस्य ज्यु हरू, पत्रकार ज्युहरू तथा सहभागी सम्पूर्ण स्यमसेवक सदस्य हरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार




