कतार । विश्वब्यापी रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले अपनाएको उच्च सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा खाद्यान्नको समस्यामा परेका नेपाली श्रमिकहरुका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार सरकारको आन्तरिक मन्त्रालय द्वारा कतार च्यारिटी मार्फत दोश्रो चरणमा प्राप्त खाद्यान्नको राहत प्याकेजहरु पीडित नेपालि श्रमिकहरु समक्ष पुर्याउनका लागि एनसीसी कतारको उद्दार तथा राहत समितीले कतारमा स्थापित नेपाली संघ सस्थाहरुको समन्वय र सहकार्यमा बितरण गर्न गईरहेको छ । यसका लागि संघले विभिन्न व्यवस्था गरेको जनाएको छ ।
विज्ञप्ति :
आदरणीय कतारमा स्थापित नेपालि संघ संस्थाका प्रमुख ज्यूहरु सबैमा हार्दिक नमस्कार!
विषय:एनसीसी कतारलाई प्राप्त राहत सामाग्री (फुड किट) बितरण सम्बन्धमा।
उपरोक्त सम्बन्धमा विश्वब्यापी रुपमा देखा परेको कोरोना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले अपनाएको उच्च सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा खाद्यान्नको समस्यामा परेका नेपाली श्रमिकहरुका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको समन्वयमा कतार सरकारको आन्तरिक मन्त्रालय द्वारा कतार च्यारिटी मार्फत दोश्रो चरणमा प्राप्त खाद्यान्नको राहत प्याकेजहरु पीडित नेपालि श्रमिकहरु समक्ष पुर्याउनका लागि एनसीसी कतारको उद्दार तथा राहत समितीले कतारमा स्थापित नेपाली संघ सस्थाहरुको समन्वय र सहकार्यमा बितरण गर्न गईरहेको जानकारी गराउदछौ साथै यदि तपाइँहरुको जिल्लाबासी अथवा यहाँहरुको सम्पर्कमा आउनुभएको कोहि पिडित श्रमिक हुनुहुन्छ भने एनसीसीको आधिकारिक ईमेल [email protected] अथवा 50129900 / 66723741 / 66257019 नम्बरका व्हाट्सएपमा तल उल्लेखित विवरण सहितको तथ्यांक एनसीसी कतारलाई ३ दिन भित्र उपलब्ध गराईदिनुहुन अनुरोध गर्दछौ। प्राप्त तथ्यांकको आधारमा उपलब्ध गराइएको राहत प्याकेजहरु सम्बन्धित श्रमिकहरुलाई यहाँहरु द्वारानै हस्तान्तरण गराईने सबैमा जानकारी गराउदछौ।
राहत संकलनका लागि आवस्यक विवरणहरु:
– राहत संकलकको नाम थर
– कतारी आईडि वा पासपोर्ट नम्बर
– राहत संकलकको मोबाईल नम्बर
– कम्पनिको नाम र सम्पर्क नम्बर
– नेपालमा बसोबास गरेको जिल्ला
– कतारमा बसोबास गरेको ठाउँको नाम
– राहत जरुरतको कारण
उत्तम गुरुङ्ग
प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समिती सम्योजक
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार