बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

कतारमा ईद उल अजहाको अवसरमा एनआरएनए एनसिसी कतारले कोभिड–१९ प्रभावित नेपालीलाई खाद्य सामाग्री बितरण गर्ने (विज्ञप्ति)

बिहिबार, साउन १५ २०७७

कतार । गैर आवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारले कतारमा ईद उल अजहाको अवसरमा एनआरएनए एनसिसी कतारले कोभिड–१९ प्रभावित नेपालीलाई खाद्य सामाग्री (फुड कीट) बितरण गर्ने भएको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले ईस्लाम धर्मावलम्बीहरुको पबित्र पर्व ईद उल अजहाको अवसरमा ‘हामी सबैको एउटै ईद’ भन्ने उधेस्यले कतार सरकारको आन्तरिक मन्त्रालय द्वारा एनसीसी कतारमार्फत कोरना भाइरस (कोभिड–१९) को कठिन अवस्थामा खाद्य सामाग्रीको समस्यामा रहेका नेपाली श्रमिकहरुलाई खाद्य सामाग्री (फुड कीट) बितरण गरिन गैइरहेको जानकारी गराए । कतारमा रहेर समस्या र आवस्यकता रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले गुगल लिन्कमार्फत आफ्नो विवरण रजिस्ट्रर गरि अवसरको सदुपयोग गर्न पनि उनले अनुरोध गरेका छन् ।

विज्ञप्ति :
आदरणीय कतारमा स्थापित नेपालि संघ संस्थाका प्रमुख ज्यूहरु, सामाजिक अभियान्ता ज्युहरु, ब्यवशायी ज्युहरु, पत्रकार ज्युहरु साथै सम्पुर्ण पञ्जिकृत सदस्य ज्युहरुमा,
हार्दिक नमस्कार!

विषय: ईद अल अजहाको अवसरमा खाद्य सामग्री(फुड किट) बितरण सम्बन्धमा।

ईस्लाम धर्मावलम्बीहरुको पबित्र पर्व ईद उल अजहाको अवसरमा “हामी सबैको एउटै ईद”भन्ने उधेस्यले कतार सरकारको आन्तरिक मन्त्रालय द्वारा एनसीसी कतार मार्फत कोरना भाइरस (कोभिड-१९) को कठिन अवस्थामा खाद्य सामाग्रीको समस्यामा रहेका नेपाली श्रमिकहरुलाई खाद्य सामाग्री (फुड कीट) बितरण गरिन गैइरहेको जानकारी गराउदै समस्या र आवस्यकता रहेका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले तल उपलब्ध गराइएको गुगल लिन्क मार्फत आफ्नो विवरण रजिस्ट्रर गरि अवसरको सदुपयोग गरिदिनुहुन बिनम्र अनुरोध गर्दछौ।

समस्यामा परेका श्रमिकहरुको विवरण तल दिएको लिन्कमा रजिस्ट्रर गर्नुहोला।यसै लिन्कबाट सन्कलित विवरणको आधारमा खाद्यान्नको प्याकेज बितरण गरिने साथै गुगल फर्मको अन्तिम भागमा सामग्री संकलन सस्थामा NRNA QATAR लेख्नुपर्ने सबैमा जानकारी गराउदछौ।

https://docs.google.com/forms/d/e/1FAIpQLSddmk4QQZkceL34WmTqxPIE2JToih0porbQ3cFYZ7d-pDlpUg/viewform

मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार

प्रतिक्रिया
सम्बन्धित समाचार