काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १०० जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बुधबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १०० जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए।
उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा सुनसरीका ४, मोरंगका ३, झापाका १, ताप्लेजुङ्गका ३, सप्तरीका १८, धनुषाका ५, बाराका ३, पर्साका ६, काठमाडौँका ३, सर्लाहीका ३, चितवनका १, लमजुङ्गका ७, स्याङ्गजाका ३, बाग्लुङ्गका ३, बाँकेका ३, बर्दियाका २, सल्यानका २, कालिकोटका ६, दैलेखका १६, बजाङ्गका १ र डोटीका ७ जना रहेका छन्।
योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १८, ०९४ पुगेको छ । पछिल्लो २४ घण्टामा २०७ जना डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको संख्या १२, ६८४ पुगेको छ । हाल कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ रहेको छ ।
https://www.facebook.com/mohpnep/videos/3050559661718606/