बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कतार सरकारले रोजगारी गुमाएको श्रमिकहरूको पुनः रोजगारीको लागि अनलाइन प्लेटफर्म सुरु गर्यो

मंगलबार, साउन ६ २०७७

कतार / कतार सरकारले रोजगारी गुमाएको श्रमिकहरूको पुन: रोजगारी को लागि प्रशासनिक विकास, श्रम र सामाजिक मामिला मन्त्रालय र कतार चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीको सहयोगमा कतारमा रहेको स्थानीय श्रमिकहरुको पुन: रोजगारी को लागि एक मानवीय पहलको रुपमा अनलाइन प्लेटफर्म सुरु गरेको छ।

आप्रवासी कामदारहरूको समर्थनमा जो बेरोजगार भएको छन् वा जसको रोजगारी कोविड – १९ महामारीको कारण आर्थिक प्रभावको परिणामका रूप समाप्त भएको छ। पुन: रोजगारका लागि आवेदन अनलाइन (https://www.qatarchamber.com/qc-emp مامور/) मार्फत फार्म भर्न हार्दिक अनुरोध गर्दछु।

यो पहलले कोविड १९ को प्रभावका कारण आप्रवासी कामदारहरूको कष्ट धेरै हदसम्म कम गर्ने छ र श्रम मन्त्रालयले अपनाएको प्रक्रिया अनुसार यस परियोजनाले उनीहरूलाई आफूले रोजेको कम्पनीमा नयाँ रोजगारीको अवसर प्रदान गर्नेछ। श्रमिक हरूको हितको लागि क़तार सरकारले उठाएको कदम तथा सराहनीय कार्य प्रति गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले हार्दिक आभार प्रकट ष्गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार