मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

जङ्गली हात्तीले किच्दा वृद्धको मृत्यु

शनिबार, जेष्ठ ४ २०७६

लहान, ४ जेठ / जङ्गली हात्तीको आक्रमणबाट सिरहाको गोलबजार नगरपालिकामा एक वृद्धाको मृत्यु भएको छ । चुरे जङ्गलबाट आएको हात्तीले गएराति किच्दा गोलबजार नगरपालिका–१० धर्मपुर गैरीटोलकी ७० वर्षीया वुद्धमाया मगरको मृत्यु भएको हो ।

छिमेकीको घरबाट टिभी हेरेर सुत्न घर फर्किरहेको बेला एक्कासि अगाडि परेको हात्तीले किच्दा मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक नवीन घिमिरेले जानकारी दिनुभयो ।

मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल लगिएको प्रहरीले जनाएको छ । हात्तीले गोलबजार नगरपालिका– १ मुक्सारमा दुईवटा घरसमेत भत्काएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार