बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

मंगलबार थपिए ११६ नयाँ संक्रमित, नेपालमा कोरोना संक्रमितको संख्या १७,०६१ पुग्यो (भिडियोसहित)

मंगलबार, असार ३० २०७७

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको छ । आज ११६ जना थपिएका छन् । सोमबार १४४ जना थपिएका थिए । आइतबार ८२ थपिएका थिए । शनिबार ७० जना थपिएका थिए । शुक्रबार ११८ जना थपिएका थिए । २४ घण्टामा ४ हजार ३६१ जनाको पिसिआर परिक्षण गरिएको थियो ।

यस्तै निको हुनेको संख्या १० हजार ३२८ जना पुगेको छ । आज ३४ जना निको भएका छन् । सोमबार १,७०५ जना निको भएका थिए । आइतबार १४७ जना निको भएका थिए । शनिबार ४३१ जना निको भएका थिए । शुक्रबार १२० जना निको भएका थिए ।

यस्तै मृत्यु हुनेको संख्या ३८ पुगेको छ । नेपालका सबै जिल्लामा कोरोना संक्रमित देखिए पनि हाल ४ जिल्लामा कोरोना मुक्त भएका छन् ।
https://www.facebook.com/mohpnep/videos/665222674068226/

प्रतिक्रिया
सम्बन्धित समाचार