बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कतारबाट स्वदेश फर्कन प्राथमिकता निर्धारण गरियो, आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्नेहरूलाई पहिलो प्राथमिकतामा

बिहिबार, असार २५ २०७७

काठमाडौं(जस)–कतारमा रहेका नेपालीलाई स्वदेश फर्काउने काम निरन्तर चलेको छ । कतारस्थित नेपाली दूतावासले मार्च २ सम्म रोजगारी सकिएका व्यक्तिहरूको नामावली प्रकाशन गरेको छ । त्यसमध्ये धेरैजसो नेपाल फर्किसकेका छन् । बाँकी रहेकाहरूको प्राथमिकताका आधारमा नामावली प्रकाशन गर्ने जनाइएको छ । आफन्तको मृत्यु भई काजक्रियाका लागि नेपाल जानुपर्नेहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ । कोभिड–१९ बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएका र सुत्केरी तथा गर्भवती महिलासँगै बालबालिकालाई पनि पहिलो प्राथमिकतामै राखिएको दूतावासले जनाएको छ ।
ज्येष्ठ नागरिक र अपांगता भएका र अध्ययन समाप्त भएका विद्यार्थी प्राथमिकताको सूचीमा छन् । पर्यटक तथा व्यापारिक भिसामा आएका बाहेक कतार आई भिसा समाप्त भएका वा आई. डी. रद्द भएका, श्रम करार अवधि समाप्त भएका वा रोजगारी गुमाएका र वार्षिक र बेतलबी बिदामा रहेकाहरूलाई अर्को महत्त्वपूर्ण सूचीमा राखिएको दूतावासले जनाएको छ । कतारमा रहेका नेपालीलाई कुनै समस्या परेमा दूताबासको हटलाइन नम्बर ४४६७५६८१ सम्पर्क गर्नसमेत अनुरोध गरेको छ । सार्वजनिक बिदाका दिनबाहेक दूतावास हरेक आइतबारदेखि बिहीबारसम्म बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार