बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नेपाल एयरलाइन्सका थप एक पाइलटसहित तीन ‘क्रू’ मेम्बरलाई कोरोना पुष्टि

बुधबार, असार २४ २०७७

काठमाडौं, २४ असार । नेपाल एयरलाइन्सका थप एक पाइलट र तीन ‘क्रू’ मेम्बरलाई कोरोना पुष्टि भएको छ । बुधबार आएको रिपोर्टअनुसार पाइलटसहित चार जनालाई कोरोना संक्रमण पुष्टि भएको नेपाल वायुसेवा निगम प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।

निगमको २७४ सिट क्षमताको ए ३३०-२००’ सिरिजको वाइडबडी जहाजका एक पाइलट र तीन उडान कर्मचारीलाई कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण पुष्टि भएका पाइलटसहित उडान कर्मचारीलाई सशस्त्र प्रहरी बलको बलम्बुस्थित युनिफाइड हस्पिटलको आइसोलेसनमा राखिएको खड्काले बताइन् ।

यसअघि निगमकै तीन पाइलटसहित १४ जना ‘क्रू’ मेम्बरलाई कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएका सबै पाइलट तथा उडान कर्मचारी बलम्बुकै सशस्त्रको अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार