बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कतारबाट दुईवटा जहाजमार्फत नेपाल फर्किए नेपाली, बिमानस्थलमा यसरी भयो बिदाई (फोटोफिचर)

बुधबार, असार २४ २०७७

काठमाडौं, २४ असार । कोभिड–१९ महामारीका कारण समस्यामा परेका नेपाली नेपाल फर्कने क्रममा आज कतारबाट दुई वटा जहाजमार्फत नेपाल फर्किकएका छन् । नेपालीलाई स्वदेश फर्काउने क्रममा आज कतारबाट हिमालयन र नेपाल एयरलाईन्सले उडान गरेका हुन् । दुबै एयरर्लाइन्स र यस अभियानमा सहज बनाउने कार्यमा कतारस्थित नेपाली दूतावास, एनआरएनए तथा विभिन्न संस्थाले सहकार्य गरिरहेका छन् ।

नेपाल फर्कन लागेका नेपालीलाई बिदाई गर्न दूतावासका द्वितीय सचिव प्रबीन भट्टराई, एनआरएनए प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।
स्वदेश फर्कन लागेका नेपालीहरुलाई बिदाई गर्न दुताबासका प्रतिनिधि एनआरएनए प्रतिनिधि र अन्य संघ संस्थाका प्रतिनिधिहरु हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । एयर्पोर्टमा नेपाल फर्कने हरुलाई बिदाई गर्न एनआरएनए आईसिसि सदस्य रमेश भट्ट, प्रवासी नेपालि मन्चका अध्यक्ष चानक पोखरेललगाएत सङ्घ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार