बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

थप २०४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार नाघ्यो (भिडियोसहित)

मंगलबार, असार २३ २०७७

काठमाडौं, २३ असार । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । पछिल्लो २४ घण्टामा २०४ जना नयाँ संक्रमित थपिएसंगै जम्मा संक्रमित १६ हजार १ सय ६८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वोर गौतमले बताउनुभयो ।

काठमाडौं उपत्यकामा २८ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा ६ सय ८८ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।

हालसम्म कोरोनाबाट निको हुनेको संख्या ७ हजार ४ सय ९९ पुगेको मन्त्रालयले जनाएको छ ।

हाल ७७ मध्ये तेह्रथुम, भोजपुर, सोलुखुम्बु र हुम्ला गरी चार जिल्लामा कुनै पनि कोरोना संक्रमित नभएको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार १ सय ३३ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म २ लाख ६१ हजार ८ सय ६१ वटा पीसीआर परीक्षण भएका छन् ।

हाल २५ हजार ७ सय २७ जना क्वारेन्टिनमा बसेका छन् । त्यस्तै ८ हजार ६ सय ३६ जना आइसोलेसनमा रहेका छन् ।

त्यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले नेपालका कोरोना संक्रमितमध्ये ९९ प्रतिशतमा कुनै पनि कोरोनाका लक्षण नदेखिएको बताउनुभयो ।

उहाँले ९७ प्रतिशत संक्रमित आयातित भएको पनि बताउनु भयो ।
https://www.facebook.com/mohpnep/videos/630507107564138/

प्रतिक्रिया
सम्बन्धित समाचार