बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

काठमाडौं भित्रिनेले १४ दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्ने, पिसिआर परीक्षण गर्न नपर्ने

बुधबार, असार १० २०७७

काठमाडौं(जस)–गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा रहन निर्देशन दिएको छ । मंगलबार उपत्यकाका ३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै मन्त्रालयले बाहिरबाट आएकालाई होम क्वारेन्टीनमा राख्नुपर्ने बताएका हुने । पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् ।
पीसीआर टेष्टका लागि आउनेहरु बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका बाहिरबाट आउनेहरुलाई १४ दिनसम्म होम क्वारेन्टिनमा बस्ने र लक्षण देखिएमा मात्र अस्पताल आउने व्यवस्था गर्न गृहमा पत्र पठाएको छ । त्यसपछि गृहले काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुलाई स्वास्थ्यको पत्रअनुसार काम गर्न निर्देशन दिएको हो ।
यस्तै अब उपत्यका भन्दा बाहिरी जिल्लाबाट आउने व्यक्तिहरुले काठमाडौं उपत्यका प्रवेश गर्नेले पिसिआर परीक्षण गर्न नपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन । उनले काठमाडौंमा घर भाडामा बस्नेहरू काठमाडौं उपत्यका आउँदा केही घरबेटीहरूले पिसिआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएको खवर आएको भन्दै मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन । डा. गौतमले उपत्यका भित्रिने मानिसहरूले आउनेबित्तिकै कोरोना पिसिआर परीक्षण गर्न नपर्ने तर १४ दिनसम्म होम क्वारेन्टिनमा भने् बस्नुपर्ने बताएका छन ।
यसरी उपत्यका भन्दा बाहिरबाट प्रवेश गरी १४ दिन होम क्वारेन्टिनमा अनिवार्य रुपमा बस्नुपर्छ । तर १४ दिनको अवधिमा लक्षण देखिएमात्र चिकित्सकको सल्लाहमा परीक्षण गर्नुपर्ने डा.गौतमको भनाइ छ । त्यसरी भित्रिएका मानिसहरूलाई अनावश्यक रूपमा परीक्षण गर्न दवाब नदिन सम्बन्धित घरबेटी र सर्वसाधारणलाई मन्त्रालयले अपिल गरेको छ । यसका लागि गृह मन्त्रालयमार्फत् उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयलाई पत्रचार समेत गरिएको उनले बताएका छन । पछिल्लो समय उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गर्ने बढ्न थालेका छन । तर, घरबेटीहरुले कोरोना पिसिआर टेष्ट गरेर मात्रै घरभित्र बस्न बताउदै आएका छन । यसरी घरबेटीहरुले यस्तो तवाव दिन थालेपछि मन्त्रालयले यस्तो आग्रह गरेको छ ।
पासको दुरूपरोग गरी यात्रु ओसारपसार गर्ने दुई पक्राउ
सवारी पास दुरूपयोग गरी यात्रु ओसारपसार गर्ने दुई जना चालकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोट तथा महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले पास दुरूपयोग गर्ने दुई चालकलाई पक्राउ गरी कारवाही थालेको छ । पक्राउ पर्नेमा नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख २२८५ नम्बरको बसका चालक बाँके कोहलपुर नगरपालिका–२ का ३७ वर्षीय सूर्यकिरण कर्माचार्य र कैलालीबाट काठमाडौँ आउँदै गरेको ना६ख १३४० नम्बरको बसका चालक कैलाली गोदावरी–१ का ३१ वर्षीय लोकबहादुर खत्री रहेका छन् ।
कर्माचार्यले भारतबाट आएका नेपालीलाई विभिन्न जिल्लामा पु¥याउने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बाँकेबाट जारी भएको पास बोकी रुपेडिया नाकाबाट तीन जना यात्रु तथा नेपालगञ्जबाट चार जना यात्रु ल्याएको फेला परेको छ । उनले उनीहरुबाट रु २१ हजार असुलेको पाइएको छ । खत्रीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय काठमाडौँबाट कृषि तथा पशुपक्षीजन्य कार्य गर्न जारी भएको पास बोकी कैलालीबाट १२ जना यात्रु ल्याएको पाइएको छ । उनले रु १८ हजार भाडा लिएको पाइएको छ ।
सरकारले कोभिड–१९ रोकथामका लागि सङ्क्रामक रोग २०२० को दफा २ अन्तर्गत एक जिल्लाबाट अर्को जिल्ला आवतजावत गर्न अनिवार्य रुपमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सवारी पास लागू गरेको छ । सोही सन्दर्भमा नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको २०७७ जेठ २८ गतेको निर्णय नं १ (ड) मा यात्रुवाहक सार्वजनिक सवारी साधन सञ्चालन नगर्ने व्यवस्थासमेत गरेकामा ती चालकहरुले भाडा असुल गरी यात्रु ओसारपसार गरी कोभिड–१९ रोगको जोखिमलाई बेवास्ता गरेको पाइएको छ । उनीहरुविरुद्ध सङ्क्रामक रोग ऐन, २०२० मा उल्लेखित कानूनी व्यवस्थाको उल्लङ्घन गरेकाले आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार