मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

तमु समाज ओमानद्वारा मृगौला पीडितलाई सहयोग

बिहिबार, जेष्ठ २ २०७६

ओमान / तमु समाज ओमानले नेपालमा रहेका दुई जना मृगौला पीडित लाई सहयोग रकम पठाएको छ । समाजले मानविय सेवा र सहयोग नै ठुलो धर्म हो भन्ने भावलाइ आत्मबोध गर्दै सहयोग रकम हस्तान्तरण गरेकाे हाे ।

सन् २०१९ मे १५ तारिक बुधबार को दिन मृगौला पीडितद्धय स्याङ्जा चापाकोट न.पा. वार्ड न.७ निबासी,कमल गुरुङ र नवलपुर-कावासेती निबासी, गणेश सापकोटा लाई तमु समाज ओमानले सहयोग स्वरूप रकम पठाएको हाे । क्रमशः ने.रु.२०,०००/- र ने.रु.१०,०००/-आर्थिक सहयोग रकम हस्तान्तरण गरेकाे समाजका महासचिव निशेक तमुले जानकारी गराउनु भएको हाे ।समाज परिवारले पीडित द्धय को शिघ्र स्वास्थ्य लाभको हार्दिक कामना पनि गरेको छ ।

आकस्मिक रुपमा मृगौला पीडित सहयोगका निम्ति समाजको परिवार भित्र सहयोग रकम संकलन अभियानमा खुल्ला विशाल हृदयका साथ आर्थिक सहयोग गर्नु हुने समाजमा संरक्षक ,सल्लाहकार हरु,पदाधिकारीहरु एबम सम्पुर्ण सद्स्यहरुको यो सहयोगि हातहरु-मनहरुमा तमु समाज अाेमानका अध्यक्ष पुर्ण तमु ले हार्दिक आभार एवम धन्यवाद व्यत्त गर्नु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार