काठमाडौं, ३१ जेठ । विश्वब्यापीरुपमा देखा परेको कोरोना भाइरसका कारण कतारमा समस्यामा परेका नेपालीलाई समाधानका निम्ति गैर आवासीय नेपाली संघ कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितिले कतार सरकार गृह मन्त्रालयमार्फत कतार च्यारिटीबाट प्राप्त तथा कतारमा स्थापित नेपाली संघ सस्थाहरुबाट प्राप्त खाद्यान्न वितरण सत्रौ चरणमा गरेको छ ।
एनसीसी कतारको श्रमिक कोषद्वारा उपलब्ध भएको खाद्यान्नको राहत प्याकेज सत्रौ चरणमा कतारको विभिन्न ठाउँमा खाद्यान्नको समस्यामा रहेका ५४७ जना कोरोना पीडित नेपाली श्रमिकहरुलाई वितरण गरिएको उद्दार समितिका संयोजक तथा एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङले जानकारी दिएका छन् । राहत वितरण कार्यक्रममा प्रत्यक्ष सहभागी नेपाली दूतावास परिवार, आईसीसी सल्लाहकार टि बि कार्की, आईसीसी मध्यपूर्व संयोजक प्रबिन गुरुङ, आईसीसी सदस्य रमेश भट्ट ,एनसीसी अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, एनसीसी उपाध्यक्ष कुमार खड्का र एनसीसी महासचिव पदम गिरीलगायतको उपस्थिति रहेको थियो ।
कोरोनाको कारणले कतारमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई खाना सम्बन्धि कुनै समस्या भए एनआरएनए कतारले उपलब्ध गराएको टेलिफोन नम्बर र ईमेलमार्फ़त पनि सम्पर्क गर्न अनुरोध गरिएको संयोजक गुरुङले बताए ।











