काठमाडौँ(जस)–राष्ट्रिय स्तरको यस नेशनल माइक्रो फाइनान्स वित्तिय संस्थाले महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकाको वडा न.६ मा नयाँ शाखा बिस्तार गरेको छ । नगरपालिकाका मेयर अशोक कुमार मण्डल र प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले संस्थाको सुरुवातदेखि हालसम्मको प्रगतीको साथै संस्थाले प्रदान गर्ने सेवाहरुको बारेमा बिस्तृत रुपमा जानकारी गराउँदै शाखा कार्यालयको उत्तरोतर प्रगतीको कामना गरे । कम्पनीले हालसम्म ५० वटा शाखा कार्यालय संचालनमा ल्याएको छ ।