बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

यूएईबाट नेपाल फर्किन सरकारले तोकेको भाडादरमा पूनर्विचारका लागि एनआरएनए यूएई अध्यक्ष कोइरालाद्धारा ध्यानाकर्षण (विज्ञप्तिसहित)

शनिबार, जेष्ठ ३१ २०७७

यूएई(जस)– नेपाल एशोसियसन (एनआरएनए) यूएईले विदेशस्थित अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउन सरकारले तोकेको भाडादरमा पूनर्विचारका लागि आग्रह गरेको छ । एनआरएनए यूएईका अध्यक्ष, प्रकाश कोइरालाले एक विज्ञप्ति जारी गर्दै सो माग गरेका हुन् ।

विज्ञप्तिमा कोभीड– १९ का कारण विदेशस्थित अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउन ११ देखि २५ जूनसम्म पहिलो चरणमा ३० देशबाट २४,१४८ जना नेपालीलाई नेपाल सरकारले व्यवस्था गरेको ६७ वटा उडानको सह्राना गर्दै धन्यबाद प्रकट गर्दछौ उल्लेख छ ।

‘हालसम्म हामीले ६,००० को हाराहारीमा ६० दिन देखि अनवरत रुपमा राहत बाढ्दै आएको कुरा नेपाल सरकारलाई सर्बविदितै छ र यस आकडाले यूएइस्थित नेपालीहरुको आर्थिक अवस्था पनि छर्लङ्ग पार्दछ । यस विषम परिस्थितीमा नेपाल सरकारले कल्याणकारी कोष र अन्य बजेटको निकाशा गरी सहयोग गर्नुपर्नेमा उल्टै यूएइको प्रति उडान वापत ५०० डलर र संशोधित भाडा दर ४५० डलर तोकिनु खेदपूर्ण छ र सो निर्णयप्रति गम्भिर ध्यानाकर्षण गराउँदै भाडादर पूनर्विचारका लागि माग गर्दछौं’, अध्यक्ष कोइरालाले जारी गरेको विज्ञप्तिमा छ ।

? प्रेश विज्ञप्ती

पत्र संख्याः १३/०६/२०
मितिः १२/जून/२०२०

कोभीड-१९ का कारण विदेशस्थित अलपत्र परेका नेपालीहरुलाई नेपाल फर्काउन ११ देखि २५ जूनसम्म पहिलो चरणमा ३० देशबाट २४,१४८ जना नेपालीलाई नेपाल सरकारले व्यवस्था गरेको ६७ वटा उडानको सह्राना गर्दै धन्यबाद प्रकट गर्दछौ ।

हालसम्म हामीले ६,००० को हाराहारीमा ६० दिन देखि अनवरत रुपमा राहत बाढ्दै आएको कुरा नेपाल सरकारलाई सर्बविदितै छ र यस आकडाले यूएइस्थित नेपालीहरुको आर्थिक अवस्था पनि छर्लङ्ग पार्दछ ।

यस विषम परिस्थितीमा नेपाल सरकारले कल्याणकारी कोष र अन्य बजेटको निकाशा गरी सहयोग गर्नुपर्नेमा उल्टै यूएइको प्रति उडान वापत ५०० डलर र संशोधित भाडा दर ४५० डलर तोकिनु खेदपूर्ण छ र सो निर्णय प्रति गम्भिर ध्यानाकर्षण गराउँदै भाडादर पूनर्विचारका लागि माग गर्दछौं ।

प्रकाश कोइराला
अध्यक्ष,
नेपाल एशोसियसन (एनआरएनए), यूएइ

प्रतिक्रिया
सम्बन्धित समाचार