बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

विश्वभरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार नाघ्यो, हेर्नुहोस् कुन देशमा कति संक्रमित र मृत्यु भए ? (अपडेट)

शुक्रबार, जेष्ठ २३ २०७७

काठमाडौं, २३ जेठ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण विश्वभर संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार शुक्रबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ९३ हजार १ सय ४२ पुगेको छ भने संक्रमितको संख्या ६६ लाख ९८ हजार ३ सय ७० पुगेको छ । यस्तै विश्वभरमा कोरोनाबाट संक्रमण भएका ३२ लाख ४९ हजार ४ सय ५७ जना उपचारपछि निको भएका छन् ।

हालसम्म अमेरिकामा मात्र कोरोनाको संक्रमणबाट १ लाख १० हजार १ सय ७३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १९ लाख २४ हजार ५१ पुगेको छ । त्यस्तै अमेरिकामा कोरोना संक्रमित ७ लाख १२ हजार २ सय ५२ जना निको भइसकेका छन् ।

त्यस्तै ब्रजिलमा कोरोनाको संक्रमणबाट मुत्यु हुनेको संख्या ३४ हजार ३९ पुगेको छ भने संक्रमितको संख्या ६ लाख १५ हजार ८ सय ७० पुगेको छ । त्यस्तै अर्को देश इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ हजार ६ सय ८९ पुगेको छ भने संक्रमितको संख्या २ लाख ३४ हजार १३ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार