बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

यसरी चल्दैछ कतारमा कोरोना प्रभावितलाई एनआरएनए कतारको राहत तथा सहयोग अभियान, राहतमा नेपाली दूतावास र कतार सरकारका निकायहरुको हातेमालो (फोटोफिचर)

राहत अभियानमार्फत अहिलेसम्म ३५ सय १४ नेपालीलाई राहत प्रदान

बुधबार, जेष्ठ २१ २०७७


कतार(जस)–
गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारले कतारमा रहेका सबै नेपालीलाई विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना संक्रमणबाट प्रभावित नेपाली कामदारका लागि राहत वितरण गरिरहेको छ । सो राहत अभियानमार्फत अहिलेसम्म ३५ सय १४ नेपालीले राहत प्राप्त गरिसकेका छन् ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीले अहिलेसम्म विभिन्न संस्थाहरुसँग हातेमालो गर्दै कतारको विभिन्न ठाउँमा रहेका नेपालीहरुलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिहेको छ ।

नेपाली राजदूतावास कतारको संयोजनमा कतार च्यारिटीद्वारा प्राप्त खाधान्न तथा अन्य संस्थाहरुले गरेको सहयोग कतारमा वैदेशिक रोजगारीका क्रममा रहेर हालको विषम परिस्थितिमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गरिएको एनआरएनए कतारले बताएको छ । हालसम्म १४ औं चरणको राहत वितरणका क्रममा पहिलो चरणमा रेडक्रसबाट प्राप्त सहयोग वितरण गरिएको थियो । यस्तै दोश्रो र तेश्रो लटमा रेडक्रसमार्फत नेपाली दूतावासको माध्यमबाट प्राप्त गरि राहत तथा उद्दार समितिले गरेको थियो ।


यस्तै चौथो, पाँचौं र छैटौं चरणको राहत एनसिसी कतारको श्रमिक कोषबाट गरिएको थियो । यसैगरि सातौदेखि चौधौं चरणको राहत कतार सरकार अन्तरगतको कतार च्यारिटीबाट प्राप्त सहयोगबाट कोभिड–१९ राहत तथा उद्दार टास्क फोर्समार्फत वितरण गरिएको फोर्सका संयोजक तथा एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङले जानकारी दिए ।

यस्तै राहत सहयोग अभियानमा झापाली समाज कतारबाट ३ सय किलो चामल, आउट अफ धरानेबाट ३ सय किलो चामल, स्याङ सोवा समाज कतारबाट ३ सय केजी चामल र १ सय केजी दाल, तमु समाज कतारबाट १ सय ५० किलो चामल, एनआरएनए एनसिसी कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानबाट १ सय ५० केजी चामल, फोर्सका संयोजक तथा एनआरएनए कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङबाट १ सय ५० केजी चामल, एनआरएनए आइसिसी सदस्य रमेश भट्टबाट ४ सय ५० केजी चामल, एनसिीसदस्य मुक्तार आलमबाट १८ किलो चामल, दाल ५ केजी, सोयाबिन १० किलो नुन ५ किलो सहयोग प्राप्त भएको टास्क फोर्सका संयोजक गुरुङले जानकारी दिए ।


यस्तै यो अभियानमा एनआरएनए अभियन्ता, विभिन्न संघ संस्था, व्यवसायीहरु, सामाजिक अभियन्ता तथा सहयोगीहरुसँग राहत तथा उद्दार समितिले थप र निरन्तर सहयोगका लागि पनि आग्रह गरेको छ ।

एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले यस बिपदको घड़ीमा आफूले सावधानीका उपायहरू अवलम्बन गरि सुरक्षित रहनुको साथै आफूसंग बसेको नेपाली अथवा गैर नेपाली दाजुभाईहरूलाई सुरक्षित रहनको लागि जनचेतना फैलाऊन जरूरी रहेको उल्लेख छ ।

एनआरएनए मध्यपुर्व संयोजक प्रविन गुरुङ्गले मध्यपुर्बका सबै एनसिसिका एनआरएनए पदाधिकारीहरुले आफ्नो स्वास्थ्यको पनि प्रबाह नगरी समस्यामा परेका नेपालीको उद्दार र राहत बितरणमा खटिएकोमा सबैलाई धन्यबाद दिदै जतिसक्दो छिटो समस्यामा परेका नेपालीलाई उद्दार गर्न सरकारलाई अनुरोध गरेका छन् ।


गुरुङ्गले आफुले पटक पटक आईसिसि मिटिङ्गमा पनि समस्यामा परेका कामदारका बारेमा जानकारी गराएको बताए उनले अब पनि सरकारले उद्दारमा ढिलाई गरे धेरै ठुलो समस्या आईपर्ने बताए सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेको कार्य स्वागतयोग्य भएको गुरुङ्गले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार