बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

नेपालमा अहिलेसम्मकै बढी संक्रमित थपिए, संक्रमितकाे संख्या २ हजार ९९ पुग्यो

मंगलबार, जेष्ठ २० २०७७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या अहिलेसम्मकै बढी रहेको छ। मंगलबारमात्रै थप२८८ जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा कोरोना पुष्टि भएको बताए।याेसँगै नेपालमा संक्रमितकाे संख्या २ हजार ९९ पुगेकाे छ।

प्रदेश १ मा १६८, पदेश २ मा ८१६, बागमतीमा ५४, गण्डकीमा ३७, प्रदेश ५ मा ६९९, कर्णाली प्रदेशमा २६२, सुदूरपश्चिममा ७३ जनामा संक्रमण पुष्टि भएको हो।

प्रवक्ता देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा थप ४५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै कोरोनालाई जितेर घर फर्कनेको संख्या २६६ पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार