कतार । एनआरएनए मध्यपुर्व संयोजक प्रविन गुरुङ्गले मध्यपुर्बका सबै एनसिसिका एनआरएनए पदाधिकारीहरुले आफ्नो स्वास्थ्यको पनि प्रबाह नगरी समस्यामा परेका नेपालीको उद्दार र राहत बितरणमा खटिएकोमा सबैलाई धन्यबाद दिदै जतिसक्दो छिटो समस्यामा परेका नेपालीलाई उद्दार गर्न सरकारलाई अनुरोध गरेका छन् ।
गुरुङ्गले आफुले पटक पटक आईसिसि मिटिङ्गमा पनि समस्यामा परेका कामदारका बारेमा जानकारी गराएको बताए उनले अब पनि सरकारले उद्दारमा ढिलाई गरे धेरै ठुलो समस्या आईपर्ने बताए सरकारले विदेशमा गम्भीर स्वास्थ्य जोखिममा परेका, रोजगारी गुमाएका, प्रवेशाज्ञाको म्याद गुमाएका तथा अन्य कारणले अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउन बजेटको व्यवस्था गरेको कार्य स्वागतयोग्य भएको गुरुङ्गले बताए ।
यसैबीच एनआरएनए कतारद्वारा १२ चरणको राहत बितरण कार्यक्रम सम्पन्न भएको छ ।


विज्ञप्ति :
बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्योहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ।यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनी हरू लाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति क़तार सरकारको गृह मन्त्रालय द्वारा क़तार चारेटि मार्फ़त प्राप्त ख़ाद्दान गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीले बार्हौ चरणमा मिति ३० मे २०२० का दिन ११२ जना, तेर्हौ चरणमा मिति ३१ मे २०२० का दिन ३५० जना तथा चौधौ चरणमा मिति ०१ मे २०२० का दिन कतारको विभिन्न ठाउँमा रहेका २१८ जाना नेपाली दाजु भाई तथा दीदी बहिनी हरूलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको छ।

यस राहत बितरणमा खटिनुभएको दुताबास परिवार, मध्यपुर्ब युवा संयोजक Raj Regmi ज्यु, आईसीसी सदस्य Ramesh Bhatta ज्यु, सल्लाहकार Chanak Pokharel ज्यू, सल्लाहकार Bhesh Raj Parajuli ज्यु, उद्दार तथा राहत वितरण समिति संयोजक प्रथम उपाध्यक्ष Uttam Gurung ज्यु, दित्तिय उपाध्यक्ष Kumar Khadka ज्यू, महासचिव Padam Giri ज्यू, सहभागी कार्यसमितिका सदस्य ज्यु हरू, उद्दार तथा राहत वितरण समितिक़ा सम्पूर्णमा सदस्य हरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।

घरमै बस्नु होस, तपाई को सुरक्षानै मेरो सुरक्षा हो,
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार



