शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

एक बोतल अत्तरको मूल्य साढे १४ करोड

मंगलबार, चैत्र १९ २०७५

काठमाडौं – एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । समाचारमा लेखिएको छ, यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार हो ।

यसको मूल्य तीन लिटरको १२ लाख ९५ हजार डलर अर्थात १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न आउँछ । यो तीन वर्षको अनुसन्धान र ४ सय ९४ अत्तरको परीक्षणपछि उत्पादन भएको हो ।

यो इटालियन क्रिस्टल बोतलमा राखिएको छ । यसलाई सुनको बाँज, अरेबियन घोडा, गुलाफ, ३ हजार पाँच सय ७१ हिरा, ३८.५५ क्यारेटको मोती, १८ क्यारेटको २.५ किलो सुन र ५.९ किलो खसली चाँदीबाट सजाइएको छ । यो बोतल छालाको सोफामा झन्डै २ मिटरको उचाई रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार