काठमाडौं, १९ जेठ । थप २२६ जनामा कोरोनाको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले नियमित्र पत्रकार सम्मेलनको क्रममा यस्तो जानकारी गराएका हुन् ।
आज थपिएका २२६ सहित नेपालमा संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। नेपालमा हालसम्म संक्रमितमध्ये २२१ जना उपचारपछि निको भएका छन्। संक्रमण देखिएकामध्ये ८ जनाको मृत्यु भएको छ।
उनीहरुमध्ये २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । आज एक जना डिस्चार्ज भएका हुन् । डिस्चार्ज हुनेहरुमध्ये १७३ जना पुरुष र ४८ जना महिला छन् ।