बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

एनआरएनए अध्यक्ष कुमार पन्तको प्रमूख आतिथ्यमा भर्चुअल बृहत अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न

सोमबार, जेष्ठ १९ २०७७

काठमाडौं, १९ जेठ । प्यरामाउन्ट मिडिया प्रालि द्वारा सञ्चालीत ट्वान्टी फोः न्यूज प्रेस डटकमको दोस्रो वार्षिकोत्सवको अवसर पारेर वर्तमान एनआरएनए आईसिसी अध्यक्ष कुमार पन्तको प्रमूख आतिथ्यमा बृहत भर्चअल अन्तरक्रियात्मक कार्यक्रम् सम्पन्न भएको छ । सोहि अवसरमा वर्तमान कोरोना माहामारीको जटिल परिस्थितिलाई ध्यान दिदै भिडियो मार्फत प्रवासमा रहेका नेपालीको अवस्था, विभिन्न संघसंस्थाले खेलेको भूमिका, विशेष गरि एनआरएनएले गरिरहेको गतिविधी तथा आगामी कार्ययोजना लगायत विषयवस्तुमा केन्द्रित रहेर एक भिडियो कन्फेरेन्स गरि सम्पन्न भएको छ ।

निम्न तिन विषयमा रहेर विदेशमा कोभिड प्रभावित नेपालीको अवस्था र एनआरएनएले खेलेको भूमीका, कोभिडले नेपाली श्रमिकलाई पारेको प्रभाव र रोजगारीको सवाल, स्वदेश फिर्ताको सवाल र नेपाल सरकारले चाल्नुपर्ने कदमहरुको बारेमा छलफल भएको थियो । कार्यक्रमको प्रमूख अतिथिको आसन ग्रहण वर्तमान एनआरएनए अध्यक्ष कुमार पन्तले गर्नु हुँदै विश्व नै नोबेल कोरोना भाईरस (कोभिड १९) बाट थलापरिरहेको बेला विदेशमा रहेका समस्यामा परेका हरेक नेपालीहरुको समस्यालाई मध्यनजर गर्दै राहत देखि उद्धारका कामहरुमा आईसिसी भरपुर लागिरहेको र यस गम्भिर अवस्थामा सम्पूर्ण तह र तप्काबाट लागि पर्नु पर्ने जोड दिनुहुदै अलपत्र नेपालीको उद्धारका लागि नेपाल सरकार संग समन्वय गरि छिटै पहल गर्ने बताउनु भयो ।

उक्त कार्यक्रममा विभिन्न क्षेत्रका यस विषम् परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक कार्यमा सर्वोत्कृष्ट काम गर्नेहरुलाई २४ न्यूज प्रेस डटकमको तर्फवाट अवार्डका साथ सम्मान गरिएको थियो । जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले पनि सम्मानित
हुनुभएको छ । । कार्यक्रममा विषेश अतिथिको रुपमा गोविन्द आचार्य -अध्यक्ष नेपाल पत्रकार महासंघ,मन केसी -उपाध्यक्ष एनअरएनए आईसिसि,डा. केशव पौडल एनअरएनए अमेरिकाको पूर्व अध्यक्ष तथा चिकित्सक, एनआरएनए मध्यपूर्व संयोजक प्रबिन गुरुङ , सहसम्योजक मनोज गोर्खाली , एनआरएनए एसिया प्याशिफिक क्षेत्रिय सहसंयोजक खगेन्द्र न्यौपाने ,एनआरएन आईसीसी मानर्थ सदस्य अभिमन्यु बस्नेत, चिरञ्जीवी घिमिरे – एनआरएनए क्यानडा अध्यक्ष,चिन्ता मणि सापकोटा – एनआएनए आईसिसी सदस्य,तिलक गैरे – अध्यक्ष एनआरएनए पोर्चुगल ,यदु लामिछाने एनआरएनए कोरिया उपाध्यक्ष रहेको उक्त कार्यक्रममा सबै अतिथिहरुले विश्वलाई चुनौति दिईरहेको (कोभिड १९) ले निम्त्यायको चुनौतिलाई समना गर्न हरेक क्षेत्रबाट लाग्नु पर्ने बताएका थिए । कार्यक्रमको सञ्चालन द्वय मोहराज शर्मा र विनय अधिकारीले गरेका थिए । प्रविधि पाटो तर्फको सहजीकरण एस आई यूकेले गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार