काठमाडौं । रामप्रसाद राई स्मृति प्रतिष्ठानका केन्द्रीय महासचिव तथा सामाजिक अभियन्ता देवान राईले समाजमा देखिएका असरल्ल नकारात्मक धारणाप्रति दुःख व्यक्त गरेका छन् ।
लकडाउनका समयमा अपठ्यारो परेकालाई राहत तथा स्वास्थ्य सामग्री जिल्ला लिएर जॉदा अनावश्यक टिकाटिप्पणी आएकामा उनले दुखेसो व्यक्त गरेका हुन् । लकडाउनको समयदेखि नै जिल्लाबाट निर्वाचित लोकप्रिय सांसद विशाल भट्टराईको टोलीसँगै काठमाडौंमा डेरा भाडामा बस्ने जिल्लावासीका कोठाकोठामा पुगेर राहत बितरण गर्नुका साथै जिल्लामा स्वास्थ्य सामग्री पुर्याएर भर्खरै मात्र काठमाडौं फर्किएको उनले बताएका छन्।
सोही विषयलाई लिएर दुखी आत्माहरुले अनावश्यक गाली गरेको भनेर राईले सामाजिक सन्जालमार्फत् दुखेसो व्यक्त गरेका छन् । खाने मुखलाई जुङ्गाले छेक्दैन भन्दै कसैको नकारात्मक टिप्पणीबाट विचलित नभई आफ्नो काममा निन्तर लागिरहने उनको धारणा रहेको छ । राई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खोटाङ्ग जिल्ला कमिटी सदस्य तथा किरॉत राई ययोक्खाका केन्द्रीय कोषाध्यक्ष समेत हुन् ।
उनले आफ्नो पेजमा लेखेका छन्,
‘खाने मुखलाई जुङ्गाले छेक्दै न रेन्त ।’
गाउँमा
बाउको बारि खन्न नपाए पनि, सहरमा साहुको खन्न खाँचो छैन क्यारे ।
आफ्नो खाएर अर्काको गरी हिँड्दा दुखी आत्माहरुको सारै गाली खाइयो ।
अब आफ्नो खाइन्छ, आफ्नै गरिन्छ ।’
लक डाउनमा ज्यान नि जोगाइन्छ, धन नि कमाइन्छ ।
कसैलाई केही भन्नु छ ?
जय लकडाउन, जय कोरोना . ”