शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

महोत्तरीमा लागुऔषध कारोबारीलाई पक्रने क्रममा झडपपछि गोली चल्यो, एकको मृत्यु

सोमबार, जेष्ठ १२ २०७७

काठमाडौं, १२ जेठ । लागुऔषध कारोबारीलाई पक्रने क्रममा भएको झडपमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार रामगोपालपुर–७ मा भएको झडपमा प्रहरीले हवाई फायर गर्दा स्थानीय १६ वर्षीय राजन यादवको मृत्यु भएको हो ।

प्रहरीका अनुसार लागुऔषध कारोबारी सुरेन्द्र यादवलाई पक्राउ गर्न जाँदा यो घटना भएको हो । यादवलाई पक्राउ गर्न सादा पोसाकका प्रहरी ग्राहक बनेर ससौलास्थित बाँस झ्याङमा पुगेका थिए । त्यहाँ यादवसहित आठ जनाको समुह रहेको थियो ।

उनीहरुलाई प्रहरीले पक्राउ गर्ने प्रयास गर्दा ‘डाँका आयो’ भन्दै गुहार मागेपछि स्थानीयहरु हतियारसहित त्यहाँ पुगेका थिए । त्यसपछि भएको झडपलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्न परेको एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

प्रहरीले ६ राउन्ड हवाई फायर गरेको र सोही गोली लागेर राजन यादवको मृत्यु भएको प्रहरीको दाबी रहेको छ ।

प्रहरी लागुऔषध कारोबारी भनिएका सोही ठाउँ बस्ने ५० वर्षीय सुरेन्द्र र २७ वर्षीय राहुल यादवलाई पक्राउ गरेको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले जानकारी दि

प्रतिक्रिया
सम्बन्धित समाचार