काठमाडौँ । नेपालमा थप १९ जना जनामा कोरोना पुष्टि भएको छ । नयाँ संक्रमितमा कपिलवस्तु, रुपन्देही, बारा, मोरङ, काठमाडौँ, रौतहट, सर्लाही, नुवाकोट जिल्लाका रहेका छन् ।
यो सँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ, जसमा५२४ जना पुरुष र ७९ जना महिला रहेका छन् ।
त्यस्तै अहिलेसम्म ८७ जना विभिन्न अस्पतालबाट डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
नेपालमा कोरोनाबाट अहिलेसम्म तीन जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६०३ पुगेको छ । जसमा पुरुषको संख्या ५२४ र महिला ७९ जना रहेका छन् ।
कुन प्रदेशमा कति संक्रमित ?
मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा अहिलेसम्म ४२ जिल्लाका ६०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा ५२४ जना पुरुष र ७९ जना महिला रहेका छन् । त्यस्तै अहिलेसम्म कोरोनाबाट तीन जनाको मृत्यु भएको छ ।
त्यसमध्ये प्रदेश १ मा ८६ जना, प्रदेश २ मा १७९, बाग्मती प्रदेशमा ३४, गण्डकी प्रदेशमा ५, प्रदेश ५ मा २८१, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिममा १४ जनामा कोरोना संक्रमण देखिएको छ ।