बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

एनआरएनएलाई डिजिटल प्रविधियुक्त बनाउन ‘स्मार्ट एनआरएनए” प्रोजेक्टको काम सुरु

आइतबार, जेष्ठ ११ २०७७

गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई डिजिटल प्रविधियुक्त बनाउन स्मार्ट एनआरएनए प्रोजेक्टको काम सुरु भएको छ । टेण्डरमार्फत नेपालको एक कम्पनीलाई यसको जिम्मा दिइएको संघका महासचिव डा. हेम राज शर्माले जनाए ।

उक्त कम्पनीले सचिव गौरी जोशीको नेतृत्वमा रहेको स्मार्ट एनआरएनए कमिटीसँग संयोजन गरेर काम गर्नेछ ।

संघ नयाँ ईरामा प्रवेश गरेको छ भने संघलाई समयसापेक्ष विकास गर्न यो प्रोजेक्ट कोषे ढुङ्गा हुने संघले जनाएको छ ।

स्मार्ट एनआरएनए प्रोजेक्ट प्रयोगमा आएपछि संघका सदस्यहरुको विद्युतीय डाटाबेस तयार गरिने छ । सदस्यता फाराम आ–आफ्नो मोबाइलबाट भर्न सकिने छ भने पहिलेको एमआईएस पद्दतीलाई सरल, सुरक्षित र व्यवस्थित गरिने छ ।

यसैगरी संघका सम्पूर्ण गतिविधि मोबाइल एप्सबाट प्राप्त गर्न सकिनेछ । सदस्यहरुले आ–आफ्नो मोबाइल फोनमा डिजिटल आईडी कार्ड डाउनलोड गर्न सक्ने छन् । प्रत्येक सदस्यको युनिक सदस्यता नम्बर हुनेछ, सदस्यता नवीकरण सहज हुनेछ भने संघका बिभिन्न निकायका निर्वाचन विद्युतीय पद्धतीबाट गर्न सकिनेछ ।

सदस्यहरुले पाउने सुविधा र सहुलियत अनलाइनबाट व्यवस्था गरिनेछ । सदस्यहरुले क्रेडिट वा डेबिट कार्ड प्रयोग गरी संघलाई आर्थिक सहयोग गर्न सक्ने छन् भने निर्वाचनमा रजिष्ट्रेसन शुल्क तिर्न घन्टौं लाइन बस्नु पर्ने छैंन ।

हरेक राष्ट्रिय समन्वय परिषदको वेभसाईटको व्यवस्था गरिनेछ । वेभसाईटमा एकरुपता ल्याईनेछ भने आईसीसीको वेभसाइटलाई आधुनिकरण गरिनेछ ।

संघका दस्तावेज, बैंठक, सम्मेलन, प्रोजेक्ट आदिको डिजिटल लाइब्री तयार गरिने संयोजक जोशीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार