निश्चल दाहाल
झापा / झापा जिल्लाको भद्र्पुर नगरपालिकामा सोनापुर जिल्ला चोप्रा थानाका ११ बालबालिका, १६ महिला, २० पुरुष गरि ४७ जनालाइ आज भद्र्पुर माविमा आश्रय दिइएको छ। झापा गोल्दापको प्रगती इटा भट्टामा काम गर्दै आएका उनिहरु लकडाउन सुरु भए देखि आफ्नै खर्चमा बसि रहेका थिए। भारत सरकारले नेपालमा रहेका कुनै भारतियलाइ आफ्नो सिमा वार जान नदिएको अवस्थामा उनिहरु गोल्धापमा नै बसोबास गरि रहेका थिए।
४७ जनाको संख्यामा भारत जान भनी भद्र्पुर नगरपालिकामा पर्ने मेची बोर्डर आएका उनिहरु मध्ये २३ बर्षिय जयन्ती दास गर्भवती थिइन जस्ले आज खुल्ला चौरी बिच एक बालिकाको जन्म दिएकी छिन। साथमा आएका अन्य महिलाहरुले सारी, कम्बल आदिले घेरेर उनलाइ प्रसुतिमा सहयोग गरेको उनका पती २५ बर्षिय संजय दासले बताए।
यतिका संख्यामा भारतिय घर वापस जान खोज्दा, स्थानिय प्रहरीले भारतिय सिमा सुरक्षा सग सम्पर्क गरि पठाउन तयार गरिरहदा भारतिय पक्षबाट उनिहरुलाइ जान नदिने अड्डि कसेको श्रोतले जनाएको छ। नेपालको पक्षबाट भने काकर्भिट्टा, भद्रपुर, कचनकवल आदि नाकाबाट भारतले बेवास्ता गरि लाचार बनाइ हेपेर छाडेको आफ्ना नेपालिको ब्यवस्थापनको पहल गर्दै छ।

करिब १० घण्टा यो बर्षामा रुझ्दै पैदल हिडेर आएका ती भारतियहरुको दयनिय अवस्था देखेर स्थानियबासिहरुले खानाको राम्रो प्रबन्ध गरेको छ साथै सुत्केरिलाइ स्वास्थकर खाना अनि बालिकालाइ न्यानो कपडा लगायतका आवश्यक हर कुरा उपलब्ध गराएको ५ नं वार्डका वडाध्यक्ष बन्धु कार्किले बताएका छन।
समुहमा रहेका बिकास रायले त्यहाँका स्थानियबासी हाम्रा लागि साक्षात भगवान भएको र यो गुण जिवनमा नबिर्षने बताउदै , आफनै नागरिकमाथि बैमानी गर्ने भारतिय पद्धति प्रती आक्रोश प्रकट गरे। भारतले धनी मानिलाइ मात्र आफ्नो नागरिक सम्झिएर हामिलाइ बेवास्ता गरेको होला भनी सशंकित छन राय।