बुधबार, जेष्ठ १ २०७६
काठमाडौं, लामो समयदेखि सरकारलाई बुझाउनुपर्ने करौडौ राजस्व र मजदुरलाई दिनुपर्ने तलबभत्ता नदिई सर्बोच्च अदालतको अन्तरिम आदेशबाट २०७२र११र१५ देखि पुन सञ्चालनमा रहेको गिल्ट इन्भेस्टमेन्ट प्रा लि द्वारा संचालित क्यासिनो रोयललाई गत हप्तादेखि केहि मजदुर नेताको मिलेमतोमा नया समुहले कब्जामा लिई संचालन गरेका छन् । दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सञ्चालित रोयल क्यासिनो केहि महिना पहिला भारतमा बस्ने आशिष पटेलले खरिद गरि रोयल क्यासिनोकै आफ्नो बिस्वस्त कर्मचारी जयन्ति थापामगरको नाममा सुरेन्द्र बहादुर सिंहबाट २०७५र०५र१७ मा नामसारी गरिदिएका थिए ।
रोयल क्यासिनोको मालिक भएपछी थापामगरबिरुद्द सम्पती सुद्दिकरण विभागमा मुद्दा पनि परेको छ । करिब ८ महिना आशिष पटेलकै निर्देशनमा क्यासिनो संचालन भएपछी बिना लगानी आफ्नो नाममा आएको क्यासिनोबाट जयन्ती फाईदा लिने निर्णय गर्दै उनले पट्टेललाई धोका दिई सुनिलजंग रायमाझी,मनोज सुबेदी,गोकर्ण लामिछाने,अनिशलगाएतलाइ क्यासिनो रोयल चलाउने जिम्मा दिइन । उनले भारतमा बस्ने आशिष पटेललाई क्यासिनो भित्र प्रवेश नदिन कर्मचारीलाई निर्देशन दिदै उनलाई अनलाइन मोनिटरिङ सिस्टमबाट समेत हटाई क्यासिनो कु गरिन । जयन्तीले पटेलका प्रतिनिधिहरु एक्जुकेटिभ डाइरेक्टर निशान्त पटेल, फुर्ड एण्ड बेभरेजका प्रशान्त पटेल, मार्केटिङ प्रमुख वसन्त सापकोटा र फाइनान्स प्रमुख अपी जोशीलगाएतका पटेल नजिकका कर्मचारीलाई जबर्जस्ति निस्काशन गरि नया समुहलाई क्यासिनोको जिम्मा लगाईन । श्रोतका अनुसार अहिले थापामगरले मनोज लगाएतको समुहबाट दुई करोड पचास लाख नगद लिईसकेकी छन् भने बाकि तिन करोड पचास लाख पर्ति महिना पचास लाखका दरले लिने सर्तमा क्यासिनो मनोजको समूहलाई दिईएको छ । अहिले जयन्तीले दैनिक पचास हजार क्यासिनोबाट लिने गरेकी छन् ।
एकातर्फ सरकारलाई बुझाउनुपर्ने कर र बक्यौता रकम नबुझाई अटेर गरेर बसेकी सो क्यासिनोको सञ्चालक जयन्ती थापामगरले पछिल्लो समयमा पर्यटन विभागलाई पठाएको पत्रबाट चित्त नबुझेपछि तत्काल बाँकी बक्यौता र कर चुक्ता गर्नु गराउनु भन्दै दोस्रो पत्र पठाएपछि थापामगर अप्ठ्यारोमा परेकी थिइन । क्यासिनो अर्को समुहलाई जिम्मा लगायर एकमुसठ रकम लिई थापामगर बिदेश पलायन हुन खोजेको एक कर्मचारीले बताए ।
उनले भने हिजो हामीसंगै काम गरेकी कर्मचारी संचालक पटेलका कारण एकाएक करोडपति बनिन अहिले उनी पटेललाई धोका दिएर अझै बढी कमाउने सोचाईमा रहेकी छन् । अहिले क्यासिनोका पिडित कर्मचारीहरुले पर्यटन बिभाग,कुमारी चोक तथा केन्द्रिय तहसिल कार्यालय,राजस्व कार्यालय र नेपाल सरकारलाई जयन्ति थापामगर बिदेश भाग्न लागेकोले उनको पासपोर्ट कब्जा गरेर राखी सरकारलाई तिर्नुपर्ने राजस्व १३ करोड २८ लाख ५९ हजार ४ सय १४ र मजदुरहरुको १७ करोड भन्दा बढी तलब र संचयकोष तत्काल चुक्ता गराउन आग्रह गरेका छन् । अहिले क्यासिनोका जुन मजदुरले बिरोध गर्छन पैसा र संचयकोषको माग गर्छन ति मजदुरलाई जागिरबाट निकाल्ने गरिएको छ। एस्तो गर्दा पनि मजदुर नेताहरु भने साठगाठमै ब्यस्त छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको पर्यटन विभागले गिल्ट इन्भेष्टमेण्ट प्रालि दरवारमार्गको नाममा दोस्रो पत्र पठाई बक्यौता चुक्ता गर्न निर्देशन दिएको छ । सो विभागले पठाएको पत्रमा सर्वोच्च अदालतको मिति २०७२र११र१५ को अन्तरिम आदेशबमोजिम होटल याक एण्ड यति दरबारमार्ग, काठमाडौंमा त्यस कम्पनीद्वारा सञ्चालित क्यासिनो सम्पूर्ण सेयर साबिक सञ्चालक सुरेन्द्रबहादुर सिंहको नामबाट जयन्ती थापाको नाममा कम्पनी रजिष्ट्रार कार्यालयको मिति २०७५र५र१७ को निर्णयअनुसार लगत कायम भएपछि पनि कर नबुझाएकोमा तत्काल बुझाउन दोस्रो पत्र पठाएको हो ।
कम्पनीको सेयर हस्तान्तरणका समयमा साबिक सञ्चालक र हालको सञ्चालकबीच कम्पनीले सरकारलाई बुझाउनुपर्ने बक्यौता भुक्तानी सम्बन्धमा के कस्तो व्यवस्था गरिएको छ, सो सेयर खरिदबिक्री सम्झौताको एकप्रति यथाशीघ्र विभागलाई उपलब्ध गराई कर चुक्ता गर्न समेत निर्देशन दिएको विभागले जनाएको छ । महालेखा परीक्षकबाट लेखापरीक्षणका क्रममा कायम भएको बेरुजु र क्यासिनो सञ्चालनबापतको रोयल्टी त्यसमा लाग्ने शुल्क तथा थप शल्क समेतको बक्यौता रकम यस विभागसँग समन्वय गरी १५ दिनभित्र चुक्ता गर्न निर्देशन दिईएको हो ।
यसअघि पनि विभागबाट बक्यौता भुक्तानी सम्बन्धमा विभिन्न मितिमा पत्राचार भएको भए पनि कम्पनीको तर्फबाट बक्यौता रकम भुक्तानी सम्बन्धमा तदारुकता देखाएको नपाइएकाले ताकेतास्वरुप यो पत्राचार पठाएको जनाएको छ । विभागले पठाएको पत्रमा उल्लिखित म्यादभित्र बक्यौता नबुझाएमा प्रचलित कानुनबमोजिम हालको सञ्चालक सेयरधनीका नाममा बक्यौता कायम गर्ने गरी कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयमा सरकारी बाँकीसरह असुलउपरका लागि लगत कायम गर्न पठाइने व्यहोरा समेत आदेशानुसार गर्नु गराउनु भन्दै पत्र पठाएको हो ।
पर्यटन विभागले क्यासिनो रोयलकी सञ्चालिका थापामगरले पठाएको पत्रबाट चित्त नबुझेपछि पुनः पठाएको पत्रको जवाफ दिनुभन्दा अघि आफ्नो सम्पत्तिको स्रोत खुलाउन नसक्ने देखिएपछि नयाँ लगानीकर्ताको खोजीमा सक्रिय भएकी छिन् । थापामगरले आफू सुरक्षित हुन र कारबाहीबाट बच्नकै लागि लामो समयदेखि विभिन्न क्यासिनो संचालन गरेका मनोज सुबेदीलगाएतको समुहलाई क्यासिनो रोयलमा लगानीकर्ताको रुपमा भित्र्याई भारतीय लगानीकर्ता पट्टेललाई धोका दिएकि छन् ।
सुरेन्द्रबहादुर सिंहसँग क्यासिनो रोयलको सबै सेयर खरिद गरेको भन्दै चर्चा भएसँगै थापाले हालसम्म ७३ करोड रुपैयाँभन्दा बढी रकमको स्रोत देखाउनुपर्ने र उनको सम्पत्तिमाथि छानबिन गरी कारबाहीको माग राख्दै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी परेपछि सो कारबाहीबाट जोगिनकै लागि मनोज सुबेदी लगाएतलाई क्यासिनोमा भित्र्याइएको छ । उनीहरुले कर्मचारीहरुको करौडौ तलब र संचयकोष समेत तिर्न बाकि रहेको छ । अहिले थापामगरको गिरोहले केहि मजदुर नेताहरुलाई आर्थिक प्रलोभनमा पारि क्यासिनो कब्जा गरेका हुन् । उनीहरुको समुहले जयन्ति थापामगरलाई लगानी गर्ने पर्दा पछाडिको क्यासिनोको बास्तबिक मालिक आशिष पटेललाई क्यासिनो प्रबेश बन्द गरेका छन् । पटेलले आफ्ना बिश्वाशको पात्र जयन्तिको नाममा क्यासिनो रोयल पास गराएका थिए । श्रोतका अनुसार अहिले थापामगरले मनोज लगाएतको समुहबाट दुई करोड पचास लाख नगद लिईसकेकी छन् भने बाकि तिन करोड पचास लाख पर्ति महिना पचास लाखका दरले लिने सर्तमा क्यासिनो मनोजको समूहलाई दिईएको हो । अहिले जयन्तीले दैनिक पचास हजार क्यासिनोबाट लिने गरेकी छन् ।
अहिले सरकारले जारी गरेको क्यासिनो सञ्चालन ऐनविपरीत सञ्चालन भएका अधिकांश क्यासिनोको सञ्चालक महिनैपिच्छे परिवर्तन गरी करछली गरेको रहस्य खुलेको छ । लामो समयदेखि बाँकी रहेको बक्यौता र कर राजस्व समेत सरकारलाई नबुझाई अदालतको आदेशको भरमा सञ्चालन हुँदै आएको राजधानीलगायत देशभरका क्यासिनोले व्यवस्थापन नै परिवर्तन गर्ने गरेको पाइएको छ । पछिल्लो समयमा ह्याप्पी आवर कम्पनी प्रालि नामक कम्पनीले कागजी रुपमा कम्पनीको सञ्चालक (मुख्य व्यक्ति) महिनैपिच्छे परिवर्तन गर्दै आएको छ । सरकार र क्यासिनो सञ्चालकबीच लामो समयदेखि रोयल्टी बक्यौता चुक्ता गर्न ताकेता गरेदेखि विभिन्न बहाना देखाएर राजस्व नबुझाउने क्यासिनो सञ्चालकहरुले विना अनुमति अबैधानिक काम गर्दै पनि आएका छन् ।
भारतको गुजरात अहमदाबाद घर भएका आशिष पटेल नेपालमा क्यासिनोमा लगानी गर्दा लुटिएको यो तेस्रो पटक हो । पटक–पटक क्यासिनोमा लगानी गर्दा पटेलको २४ करोड रुपैयाँ गुमेको छ । गत भदौ १७ गते सुरेन्द्र बहादुर सिंहको नामको गिल्ट इन्भेस्टभेण्ट प्रा.लि. त्यही क्यासिनोकी कामदार जयन्ती थापाले नाममा सेयर ट्रान्सफर गरे । पटेलले एफडीआई ल्याएपछि जयन्तीले कम्पनी छाड्ने कागज गरिन् । त्यही कागजको भरमा पटेलले १४ करोड रुपैयाँ लगानी गरे तर फेरि पनि उस्तै घटना क्रम दोहोरियो । जयन्ती थापाले अन्य व्यक्तिलाई क्यासिनो दिने सम्झौता गरेर क्यासिनोका संचालक पटेललाई क्यासिनो छिर्न रोक लगाइन् ।
जनसवाल दैनिक
दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७
ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल
ईमेल: [email protected]
मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij