शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

कचनकवलमा कोरोना त्रास बढ्दो, संक्रमितको संख्या पुग्यो २५

बिहिबार, जेष्ठ ८ २०७७


निश्चल दाहाल

झापा / झापा कचनकवल गाउँ पालिकामा मात्र कोभिड १९ कोरोना संक्रमितको संख्या २५ पुगेको छ। स्वास्थ मन्त्रालायका सह प्रवक्ता डा समीर अधिकारी द्वारा हस्ताक्षरित प्रेश बिज्ञप्तिले आज बिहान सम्ममा थप १५ नया कोरोना संक्रमित फेला परेको जनाएको हो।

भारतको विभिन्न स्थानबाट आएका ३३ जना ब्याक्तीहरु पथरिया माविको क्वारेन्टिनमा राखिएको छ र उनिहरुको स्वाब संकलन गरि परिक्षण गर्दा हाल सम्म २५ संक्रमित भेटिएको हो साथै यो क्वारेन्टिन सिल गरिएको छ। ६ गते नै सुकुनाडिगिको लक्ष्मी प्र देवकोटा माविको क्वारेन्टिनमा रहेका ६५ जनाको स्वाब संकलन गरि लगिएको छ।

भारत सग सिमा जोडिएको यस गाउँ पालिकामा भारतबाट नेपाली आउने क्रम तिव्र छ जस्का लागि हिजै देखि केचना र पाठामारिमा गरि दुई क्वारेन्टिन थपिएको छ जस्मा ५७ जना केचना र २३ जना पाठामारिमा राखिएको गापा अध्यक्ष अन्जर आलमले जनसवाललाइ बताए।

अझ पनि सयौ को संख्यामा नेपालीहरु आउने क्रम रहेको र उनिहरुको ब्यवस्थापन गर्न हम्मे हम्मे परेको बताउदै प्रदेश सांसद वसन्त बानियाले नया स्थानहरुमा तुरुन्त क्वारेन्टिनको ब्यवस्थापन गर्ने जानकारी दिएका छन। सांसद बानियाले जिल्ला स्तरिय सर्वपक्षिय छलफलबाट झापामा परिक्षण सुविधा सहितको कोरोना विशेष अस्पताल स्थापनाको लागि प्रदेश सरकार सग समन्वय भएको र यो कार्य द्रुत गतिमा अगाडि बढेको जनसवाललाइ बताएका छन।

भारत सग सिमा जोडिएको यस गाउँ पालिकामा सयौको संख्यामा नेपाली अझ आउने सम्भावना रहेको र केही सिमामा आएर बसि सकेकोले उनिहरुको उचित ब्यवस्थापन गरि स्थानिय समुदायलाइ सुरक्षित राख्न थप चुनौती थपिएकोले सबै पक्ष मिलि सहकार्य गर्न बानियाले अपिल गरेका छन। उनले संक्रमित सबै क्वारेन्टिनमा राखिएकोले भयभीत नहुन पनि जनतालाइ आग्रह गरेका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार