काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनएं राष्ट्रिय समन्वय परिषद कतारले कतारमा रहेका सबै नेपालीलाई विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना संक्रमणबाट जोगिन र कुनै समस्या आइपरे सम्पर्क गर्न आग्रह गरेको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले कतारमा कोरोनाका कारण समस्या परेका नेपालीलाई एनआरएनए कतारद्धारा सहयोग कार्यक्रम जारी रहेको जानकारी दिए ।
विज्ञप्ति:
बिश्वब्यापी रुपमा देखा परेको करोना भाइरस (कोभिड १९) नियन्त्रण क्रममा कतार सरकारले आफ़्नो नागरिक र आप्रवासी नागरिक सबैका लागि समान ब्योहार गर्दै उच्च स्वास्थ्य सतर्कता तथा रोकथामको लागि विभिन्न सावधानीहरू अपनाएको छ।यस सतर्कता तथा सावधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली दाजुभाई तथा दीदी बहिनी हरू लाई देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीले पाचौ चरणमा मिति १२ मे २०२० का दिन कतारको विभिन्न ठाउँमा रहेका १७ महिला र २७ पुरुष गरि ४४ जना नेपाली श्रमिक हरूलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको तथा आज छैठो चरणमा कतारको विभिन्न ठाउँमा रहेका २३ जाना महिला र ९७ जना पुरुष गरि १२० जाना नेपाली श्रमिकहरुलाई खाद्यान्नको राहत प्याकेज बितरण गरिएको छ।
यस राहत बितरणमा खटिनुभएको मध्य पुर्ब संयोजक Prabin Gurung ज्यु, आईसीसी सदस्य Ramesh Bhatta ज्यु, प्रथम उपाध्यक्ष Uttam Gurung ज्यु, महासचिव Padam Giri ज्यु, कार्यसमिती सदस्य Jhabindra Acharya ज्यु, Gajendra Khaling Rai ज्यु, तथा Purna Bahadur ज्यु लगायत सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दछु।
घरमै बस्नु होस, तपाई को सुरक्षानै मेरो सुरक्षा हो,
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार















