बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कतारमा बाहिर निस्कदा मास्क अनिवार्य, नियमको उल्लंघन गरे ३ बर्षसम्म कैद र दुई लाख कतारी रियालसम्म जरिवाना हुने

बिहिबार, जेष्ठ १ २०७७

कतार, १ जेठ । कतार सरकारले बाहिर निस्कदा मास्क अनिवार्य गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको निर्णय बमोजिम अब आउदो आइतबार अर्थात १७ मे सन २०२० बाट कतारमा यहाँका नागरिक एवं यहाँ बसोबास गर्ने सम्पुर्ण माथी मास्कको प्रयोगलाइ अनिवार्य गरिएको छ।आफ्नो क्याम्प अथवा निवास बाट कुनै पनि उदेश्य सहित बाहिर निस्कदा मास्क अनिवार्य रुपमा प्रयोग गर्नु पर्नेछ।

तर, एकल रुपमा सवारी साधन चलाउदा भने यो अनिवार्य रहेको छैन। यस नियमको उलंघन गरेको पाइएमा सन् १९९० को कानुन नम्बर १७ बमोजिम सरुवा रोग निवारण तथा रोकथाम सम्बन्धिको नियमनुसार कार्वाही हुने बताइएको छ।

यो सजाय भनेको ३ बर्ष सम्म कैद सजाय र अधिक्तम दुई लाख कतारी रियाल सम्म जरिवाना हुने गरि हुनेछ।अथवा दुई सजाय मध्ये एक सजाय हुने कानुनी प्रावधान रहेको छ।तसर्थ कतारमा रहेको नेपाली समाजका सम्पुर्णमा यस नियमको कडाइका साथ पालना गर्न गराउन रास्ट्रीय मानबअधिकार आयोग कतारका नेपाल प्रतिनिधि प्रो रम्जान अलि मियाँले अनुरोध गरेका छन । उनले सबै नेपालिलाई कानुनको रक्षा गरे कानुनले सबैको सुरक्षा गर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार