बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कतारमा कोरोनाका कारण समस्या परेका नेपालीलाई एनआरएनए कतारद्धारा सहयोग कार्यक्रम जारी, समस्या परे सम्पर्क गर्न आग्रह (विज्ञप्तिसहित)

बुधबार, बैशाख ३१ २०७७

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद कतारले कतारमा रहेका सबै नेपालीलाई विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना संक्रमणबाट जोगिन र कुनै समस्या आइपरे सम्पर्क गर्न आग्रह गरेको छ । एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले जारी गरेको विज्ञप्तिमायस बिपदको घड़ीमा आफूले सावधानीका उपायहरू अवलम्बन गरि सुरक्षित रहनुको साथै आफू संग बसेको नेपाली अथवा ग़ैर नेपाली दाजुभाईहरूलाई सुरक्षित रहनको लागि जनचेतना फैलाऊन जरूरी रहेको उल्लेख छ।


यसैगरी कतारमा कोरोनाका कारण समस्या परेका नेपालीलाई एनआरएनए कतारद्धारा सहयोग कार्यक्रम जारी रहेको एनआरएनए कतारका प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समिती संयोजक उत्तम गुरुङले जानकारी दिए । गुरुङले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारद्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा पाँचौ चरणमा एनसीसी कतारको श्रमिक कोषमार्फत १२ मे २०२० का दिन न्यु सैलियामा ५ जना महिला,सनैया ३६ लेफ्ट्मा ६ जना पुरुष,अल वकिरमा ३ जना पुरुष,अल रयानमा ८ जना महिला,दोहा जदिदमा २ जना महिला,मदिना खलिफामा २ जना महिला,अम सलालमा ५ जना पुरुष,अल हिलालमा ७ जना पुरुष, अबु हमरमा ४ जना पुरुष र मनसुरामा २ जना पुरुष गरि जम्मा ४४ जना कोरना भाईरसको प्रभावले पीडित नेपाली श्रमिकहरुलाई राहत खाद्यान्न हस्तान्तरण गरिएको जानकारी गराए ।

आदरणीय कतारमा स्थापित नेपालि संघ संस्थाका प्रमुख ज्यूहरु, सामाजिक अभियान्ता ज्युहरु, ब्यवशायी ज्युहरु, पत्रकार ज्युहरु साथै सम्पुर्ण पञ्जिकृत सदस्य ज्युहरुमा, अस्सलामो अलैकुम, नमस्कार, रमज़ान मुबारक।

#विषय: आवस्यक सहयोगका लागि जानकारी सम्बन्धमा।

कोरना भाइरस (कोभिड १९) नियन्त्रणका लागि कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका नेपाली श्रमिकहरुमा खाद्यान्न वा अन्य कुनै समस्यामा परि तत्काल उद्दार गर्नुपर्ने जानकारी प्राप्त भएमा एनसीसी कतारको अफिसियल इमेल [email protected] / आधिकारिक फेसबुकको ईनबक्स या 74449592/ 50129900/ 70909722 नम्बरमा सम्पर्क गरि समस्यामा पर्नुभएको ब्याक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराई सहयोग पुर्याईदिनुहुन सम्पूर्ण सबैमा हार्दिक अनुरोध गर्दछु।

तपाईको सुरकक्षा नै मेरो सुरकक्षा हो
“कोरना भाइरस बाट आफू पनि बचौ, अरुलाई पनि बचाऔ”

अध्यक्ष
मोहम्मद मुक्तदा मुसलमान
गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार


आदरणीय कतारमा स्थापित नेपालि संघ संस्थाका प्रमुख ज्यूहरु, सामाजिक अभियान्ता ज्युहरु, ब्यवशायी ज्युहरु, पत्रकार ज्युहरु साथै सम्पुर्ण पञ्जिकृत सदस्य ज्युहरुमा,
हार्दिक नमस्कार!

विषय : कोभिड १९ ले कतार स्थित नेपाली समुदायमा पर्न गएको असर प्रती एनसीसी कतारको गतिविधि सम्बन्धमा।

बिश्वब्यापी रुपमा देखा परेको कोरना भाइरस (कोभिड १९) नियन्त्रणमा कतार सरकारले चालेको विभिन्न साबधानी कदमहरुको पालना गर्ने क्रममा यहाँ रहेका केहि नेपाली श्रमिकहरुमा देखा परेका समस्याहरुलाई समाधानका निम्ति गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार द्वारा गठित उद्दार तथा राहत बितरण समितीद्वारा पाचौ चरणमा एनसीसी कतारको श्रमिक कोष मार्फत १२ मे २०२० का दिन न्यु सैलियामा ५ जना महिला,सनैया ३६ लेफ्ट्मा ६ जना पुरुष,अल वकिरमा ३ जना पुरुष,अल रयानमा ८ जना महिला,दोहा जदिदमा २ जना महिला,मदिना खलिफामा २ जना महिला,अम सलालमा ५ जना पुरुष,अल हिलालमा ७ जना पुरुष, अबु हमरमा ४ जना पुरुष र मनसुरामा २ जना पुरुष गरि जम्मा ४४ जना कोरना भाईरसको प्रभावले पीडित नेपाली श्रमिकहरुलाई राहत खाद्यन्न हस्तान्तरण गरिएको जानकारी गराउदछु।

खाद्यान्न राहत प्याकेज प्रतिब्याक्ति यसप्रकार छ:
चामल ५ के जि, तेल १.८ लिटर, दाल १ के जि, प्याज १ के जि, आलु ३ के जि, सोयाबिन २५० ग्राम, नुन १ प्याकेज र मिक्स मसला १ प्याकेज बाढीएको सबैमा जानकारी गराउदछौ।

यस राहत बितरण कार्यक्रममा प्रत्यक्ष सहभागी भई विशेष सहयोग गर्नुहुने नेपाली दूतावासका प्रतिनिधि ज्युहरु,आईसीसी मध्यपुर्ब सम्योजक प्रबिन गुरुङ्ग,आईसीसी सदस्य रमेश भट्ट, एनसीसी सदस्यहरु झबिन्द्र आचार्य र गजेन्द्र राई, उद्दार तथा राहत समिती सदस्यहरु राम हमाल,गम्भीर अधिकारी,रोशन बि.क रितेश ढुंगाना साथै विशेष सहयोगिहरु प्रबिण कार्की,राज कुमार गुरुङ, अर्जुन मुडवारि,सागर निरौला र प्रकाश ढकाल लगायत सबैमा धन्यवाद तथा आभर प्रकट गर्दै आगामी दिनहरुमा पनि निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु।

उत्तम गुरुङ्ग
प्रथम उपाध्यक्ष एबम उद्दार तथा राहत समिती सम्योजक
गैर आवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतार

प्रतिक्रिया
सम्बन्धित समाचार