मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

स्वास्थ्य मन्त्रालयद्धारा आज एकैदिन ५७ संक्रमित थपिएको पुष्टि, संक्रमितको संख्या १९१ पुग्यो

मंगलबार, बैशाख ३० २०७७

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण हुनेको संख्या १९१ पुगेको छ । आज (मंगलबार) मात्रै ५७ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबै संक्रमित पुरुष देखिएका हुन् ।

मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा एक संक्रमित फेरिएका हुन् । नयाँ सबै ९५७० संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार