मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

नेपालमा दुई महिने शिशुसहित १७ जना कोरोना संक्रमित थपिए, कोरोना संक्रमितको संख्या ९९ पुग्यो

बुधबार, बैशाख २४ २०७७

काठमाडौं / नेपालमा थप १७ जनामा कोरोना भाइरसको संक्रमण फेला परेको छ । आज मात्र पर्साका दुई महिने शिशुसहित १७ जनामा कोरोनाको संक्रमण भेटिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेको बताए ।

बुधबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा १७ जनामा कोरोना संक्रमण भेटिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार