मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोरोनाबाट बेलायतमा थप एक नेपालीको मृत्यु, बेलायतमा मात्र ३५ नेपालीको मृत्यु

मंगलबार, बैशाख २३ २०७७

काठमाडौं(जस)– बेलायतमा थप एक नेपालीको कोरोनाभाइरसका कारण निधन भएको छ । नेपालमा पर्वत घर भएका नारायण कोन्मे गुरुङको बेलायतमा सोमबार मृत्यु भएको हो । उनलाई गत साता मात्र कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । उनी गत साता नै अस्पतालमा भर्ना भएका थिए ।

२०२५ सालमा गोरखा सैनिकमा भर्ती भएका गुरुङले केही वर्षमा नै त्यहाँको जागिर छोडेर नेपाल फर्किएका थिए । त्यसपछि केही समय उनी नेपालमा नै बसे र शिक्षण पेशामा आवद्ध भए ।

गुरुङ पछिल्ला केही वर्ष श्रीमती, एक छोरी र दुई छोरासहित बेलायतमा बस्दै आएका थिए । गुरुङको निधनसँगै बेलायतमा कोभिड १९ का कारण मृत्यु हुने नेपालीको संख्या ३५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार