निश्चल दाहाल
झापा / झापा, कचन कवल गाउँपालिका वडा नं ६ स्थित बनियानी मा आज बिहान ७:०५ बजे स्कुटी दुर्घटनामा परि चालक गम्भीर घाइते भएका छन्।
सोहि गाउँपालिका वार्ड नं ३ निवासी ३१ बर्षिय प्रेम राजवंशी आफ्नो बिमारि आमालाइ भेट्न मेची अंचल अस्पताल जाँदै गर्दा अत्याधिक गतिमा रहेको स्कुटी अनियन्त्रित भइ दुर्घटना भएको हो।
निलो रंगको ७९६७ नम्बरको स्कुटी दुर्घटना भएको खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यलयका इन्चार्ज डम्बर बा बस्नेतले घटनास्थल पुगि घाइतेलाइ आफै प्रहरी भ्यानमा नै राखेर मेची अंचल अस्पताल इमर्जेन्सी साखामा भर्ना गरेका छन।
सइ बस्नेतका अनुसार घाइतेको टाउकोमा गम्भीर चोटलागेको छ। स्कुटिको इन्जिन समेतमा दुलो पर्ने गरि गम्भीर अवस्थाको दुर्घटना भएको हो। हाल घाइतेको उपचार भइरहेको साथै अवस्था जटिल नै रहेको श्रोतले जनाएको छ।