बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

कोरोनाको कारण २ लाख २८ हजार बढीको मृत्यु,१० लाख बढी उपचारपछि निको भए

बिहिबार, बैशाख १८ २०७७

काठमाडौं(जस)– महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को सङक्रमणबाट हालसम्म विश्वभर २ लाख २८ हजार २ सय १५ जनाको मृत्यु भएको छ ।
भने सङक्रमितको संख्या ३२ लाख २० हजार नाघेको छ ।

हालसम्म १० लाख ३०३ जना उपचारपछि निको भएर घर फर्किसकेका छन।

हालः विश्वमा १९ लाख ९० हजार १ सय २५ जना कोरोना भाइरस संक्रमित उपचारत छन्। उपचारतमध्ये ५९ हजार ८ सय १८ जनाको अवस्था गम्भीर रहेको छ भने १९ लाख ३० हजार ३ सय ७ जनाको अवस्था सामान्य रहेको छ।

अमेरिकामा हालसम्म ६१ हजार ६६८ जनाको मृत्यु भएको छ भने १० लाख ६४ हजार ५३३ जना संङक्रमित छन ।

त्यहाँ १८ हजार ६७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकामा आज मात्रै १२ जनाको ज्यान गएको छ भने ३३९ जना नयाँ संक्रमित आजै थपिएका छन् ।स्पेनमा हालसम्म २४ हजार २७५ जनाको मृत्यु भएको छ भने २ लाख ३६ हजार ८९९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै इटालीमाहालसम्म २७ हजार ६८२ जनाको मृत्यु भईसकेको छ भने २ लाख ३ हजार ५९१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै फ्रान्समा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २४ हजार ८७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६६ हजार ४२० जनालाई संक्रमण भएको छ ।

त्यस्तै बेलायतमा अहिलेसम्म २६ हजार ९७ जनाको मृत्यु भईसकेको छ भने १ लाख ६५ हजार २२१ जनालाई संक्रमण भएको छ ।

कोरोना भाइरस संक्रमितको संख्या टर्कीमा १ लाख १७ हजार ५ सय ८९, रुसमा ९९ हजार ३ सय ९९, इरानमा ९३ हजार ६ सय ५७, चीनमा ८२ हजार ८ सय ५८, ब्राजिलमा ७९ हजार ३ सय ६१, क्यानाडामा ५१ हजार ५ सय ९७ र बेल्जियममा ४७ हजार ८ सय ५९ जना रहेको छ।

यस्तै, हालसम्म टर्कीमा ३ हजार ८१, रुसमा ९ सय ७२, इरानमा ५ हजार ९ सय ५७, चीनमा ४ हजार ६ सय ३३, ब्राजिलमा ५ हजार ५ सय ११, क्यानाडामा २ हजार ९ सय ९६, बेल्जियममा ७ हजार ५ सय १, नेदरल्याण्ड्समा ४ हजार ७ सय ११, भारतमा १ हजार ७९, पेरुमा ९ सय ४३, स्वीट्जरल्याण्डमा १ हजार ७ सय १६, पोर्चुगलमा ९ सय ७३, स्वीडेनमा २ हजार ४ सय ६२, आयरल्याण्डमा १ हजार १ सय ९० र मेक्सिकोमा १ हजार ५ सय ६९ जनाको मृत्यु कोरोना भाइरसका कारण भइसकेको छ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ, जसमध्ये १६ जना उपचारपछि निका भई अस्पतालबाट घर फर्किसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार