शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

जानकी जयन्तीले महिला हिंसालाई कम गर्न प्रेरणा मिल्ने विश्वास : उपराष्ट्रपति पुन

मंगलबार, बैशाख ३१ २०७६

आर एन पटेल, रौतहट/३० वैशाख, रौतहटको कटहरिया नगरपालिका द्धारा आयोजित जानकी जयन्ति समारोह लाई सम्बोधन गर्दै उपराष्ट्रपति नन्द बहादुर पुनले महिला माथि हुने सबै प्रकारको हिसा अन्त्य गर्न सीताको जयन्तिले मदत पुग्ने बताउनु भएको छ । उहाले त्याग, समपर्ण, परिक्षण सबैका धनी सीताको स्मरण गर्नु मात्र पनि पुण्य हुने भएकाले यो जयन्तिले महिला माथिको बिभेद, हिसा अन्त्य गर्न मदत पुग्ने बताउनु भएको हो । बहुजाती, बहुधार्मीक, सहितको भौगोलिकताले भरिएको हाम्रो मुलुक भित्रका समुदायको आफनै पहिचान छ भन्नु हुदै उहाले एकले अर्काको पहिचान स्वीकार्न सक्नु पर्दछ भन्नु भयो । ब्यबस्था परिबर्तन संगै मुलुकले स्थायी शान्ति र दिगो बिकास तर्फ अग्रसर रहेको बताउनु भयो । हरेक कालखण्डमा राजनीति अधिकारको लागि आन्दोलन भए अब बिकास र सम्बृध्दिको लागि संघर्ष गर्ने बेला आएको बताउनु हुदै उहाले हरेक नेपाली खुशी भए मात्र सम्बृद्ध नेपाल बन्ने भएकाले अब प्रदेश – प्रदेश बीच बिकासमा प्रतिस्पर्धा हुन जरुरी रहेको उहाले बताउनु भयो । भ्रस्टाचार, अनियमितता बिकासको बाधक र शत्रु भएकाले यस्को अन्त्यको लागि जनस्तर बाट खबरदारी गर्न जरुरी रहेको बताउनु भयो । उपराष्ट्रपति पुनले तराई मधेश जनयुध्द शहिद स्मृती प्रतिष्ठानको नबनिर्मित भबनको समेत उदघाटन गर्नु भएको हो । सो समारोहमा उपराष्ट्रपति पुनले रौतहट जिल्लाका स्थानीय तहमा बिजयी नगर प्रमुख – उपप्रमुख महिला, शिक्षिका, नेपाल पत्रकार महासंघ रौतहटका महिला उपाध्यक्ष लाई आयोजकको तर्फ बाट सम्मान गर्नु भएको छ । सम्पन्न कार्यक्रममा नेकपा प्रदेश २ का अध्यक्ष तथा साँसद प्रभु साहले माता जनकीको जन्म दिनको अवसरमा जनकपुर बाहेक अन्य कुनै स्थानमा कार्यक्रम नहुँदा माता जानकी को योगदानबारे जनमानसमा उनका कृति बारे खासै जानकारी नभएकोले पहिलो पल्ट रौतहटको कटहरियामा यस महोत्सवको आयोजना गरिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार