मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

नेपालमा थप तीनजनामा देखियो कोरोना संक्रमण, संक्रमित ५७ पुगे

बुधबार, बैशाख १७ २०७७

काठमाडौं / नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ५७ पुगेको छ । बुधबार एकै दिन तीनजनामा कोरोनाभाइरस संक्रमण देखिएपछि संक्रमितको संख्या ५७ पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बाराका दुईजना र वीरगन्जका एकजनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु तीनैजना यसअघि वीरगन्ज–१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए ।

संक्रमित सबैलाई नारायणी अस्पताल लैजाने तयारी हुँदै छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार