शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

यसरी गर्न सकिन्छ माक्सको पुनः प्रयोग

मंगलबार, बैशाख १६ २०७७

कञ्चन किसी

विश्वव्यापी रुपमा फैलिएको कोरोनाका कारण वजारमा अझै पनि पार्यापत माक्स उपलव्ध हुन सकिरहेको अवस्था छैन । यसै अभाबका कारण अहिले माक्सको पुनः प्रयोग एक अति आवश्यक विषय बनेको छ । सर्जिकल माक्स एन ९५, केएन ९५, एफएफपीटू जस्ता मेडिकल माक्सहरुको अभाबका कारण मानिसहरु कपडाको माक्स प्रयोग गर्न बाध्य बनेका छन् । यति मात्रै नभाई चिकित्सकहरुमाझ पर्याप्त मात्रामा सर्जिकल माक्स एन ९५, केएन ९५, एफएफपीएसको उपलव्ध नभएकोले माक्सको पुनः प्रयोग गर्न उनीहरु पनि बाध्य भएका छन् ।

साधारणतयाः कपडाको माक्स प्रयोग गर्दा मुख र नाक राम्रोसँंग छोप्ने हुनुपर्दछ । कपडाको माक्स प्रयोग गर्दा पटकपटक सावुन र मनतातो पानीले धोई पुनः प्रयोग गर्न सकिन्छ । कपडाको माक्स अधिकतम २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ । वीचमा झिकेर पुनः प्रयोग गर्नुपरे स्टेरिलाइजेशन गर्नुपर्छ । जे गरे पनि यस्ता माक्सको आयु वढीमा २४ घण्टासम्म मात्रै हुन्छ ।

सर्किकल माक्स, पेपर माक्स तीन तहले बनेका हुन्छन्, जसमा पोलिपाइरोलिन नामक पोलिमर राखिएको हुन्छ । यस पोलिमरले फिल्टरको काम गर्छ र एरबोन ब्याक्टेरिया माइक्रो अर्गानिजमहरु छेक्छ । सर्जिकल माक्सलाई स्टिम डेष्टिलेशन नामक प्रविधिले मात्र स्टेरिलाइज गरी पुनः प्रयोग गर्न सकिन्छ । स्टिम डेष्टिलेशन उद्योगहरुमा मात्रै गर्न सकिन्छ । यस्ता प्रकारका माक्सहरु साधारणतयाः एकचोटी मात्रै प्रयोग गरिन्छ ।

सर्वभन्दा उत्कृष्ट माक्सका रुपमा एन ९५, केएन ९५, एफएफपीटू माक्सलाई लिइन्छ, जसमा फिल्टर फेस पिस हुन्छ र शुन्य दशमलब तीन एमएम भन्दा ठूलो सवै पार्टिकललाई यसले फिल्टर गर्न सक्छ । कम्तीमा ९५ प्रतिशत एयरवोन व्याक्टेरिया फिल्टर गर्ने भएकाले यसलाई एन ९५ नामले चिनिएको हो । एन ९५ माक्सलाई अमेरिकामा एन ९५ ले नै चिनिन्छ भने युरोप र चीनमा क्रमशः एफएफपीटू र केएन ९५ भनी चिनिन्छ ।

यी माक्सहरु ननउभन पोलिपाइरोलिन फाइबरले बनेका हुन्छन् । यी माक्सहरुलाई राम्रोसँंगै टाइट फिटिंग हुने गरी लगाउनुपर्छ । यसलाई कम्तीमा पाँंच पटक प्रयोग गर्न मिल्छ । त्यसपछि स्टेरिलाइजेशन नगरी प्रयोग गर्न मिल्दैन । स्टेरिलाइजेशन गर्नका लागि भ्यापोराइज हाइड्रोजन पेरोअक्साइड, मेइष्ट हिट जस्ता तरिकाहरु उद्योगहरुमा अपनाइन्छन् । यी तरिकाहरु उद्योगमा मात्रै सम्भव हुनसक्छ । घरैमा यसलाई एक सय २५ डिग्री सेल्सियस् तातोपानीमा तीन मिनेट वा ७० डिग्री सेल्सियस तातोपानीमा ३० मिनेटसम्म भिजाई स्टेरिलाइजन गर्न सकिन्छ । त्यसपछि हामीले यस्ता प्रकारको माक्सको पुनः प्रयोग गर्न सक्छौं ।
(लेखिका बी फार्मेसी तेश्रो वर्षका विद्यार्थी हुन् ।)

प्रतिक्रिया
सम्बन्धित समाचार