दोहा, कतार / विश्व भरि महामारीको रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको निर्देशनमा कतारले नेपाललाई आपत्कालीन स्वास्थ्य सामग्री सहयोग पठाउने भएको छ ।

नेपाल सँगै टुनेसिया, रुवान्डामा पनि आपत्कालीन स्वास्थ्य सामग्री पठाउन निर्देशन दिएको कतार न्युज एजेन्सीले जनाएको छ । कतारले यस भन्दा पहिले इरान, इटाली र गा जामा अन्तर्राष्ट्रिय सहयोग अभियानमा स्वास्थ्य सामग्री पठाई सकेको छ भने इटालीलाई दुई फिल्ड अस्पताल समेत पठाएको थियो ।