शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

पर्सा र बारा पीडितलाई रोजगारीमा प्राथमिकता दिन संघको आग्रह

मंगलबार, चैत्र १९ २०७५

काठमाडौं । नेपाल वैदेशिक रोजगार संघले पर्सा र बाराका पीडितलाई रोजगारीमा प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ ।

आइतबार साझको हावाहुरी र बर्षाको कारण त्यस क्षेत्रमा ठूलो मानविय क्षति हुनुको साथै ठूलो मात्रामा धनको क्षति भएको घटना प्रति संघले दुख व्यक्त गर्दै पीडित परिवारलाई सरकारले विषेश रोजगारको व्यवस्था गर्नु पर्ने जनाएको छ ।

सोमबार विज्ञप्ती प्रकाशन गर्दै संघले पीडित परिवारका कुनै सदस्य वैदेशिक रोजगारमा जान इच्छुक भएमा सरल तरिकाले उनिहरुलाई प्राथमिकता दिई वैदेशिक रोजगार दिलाउन सम्पूर्ण मेनपावर व्यवसायीहरुलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार