बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

काठमाडौँका नयाँ प्रहरी प्रमुख ज्ञवालीले सम्हाले कार्यभार, एसएसपी ज्ञवाली भन्छन्, चुनौतिलाई अवसरमा परिणत गर्छुु’

सोमबार, बैशाख १५ २०७७

काठमाडौँ । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) श्यामलाल ज्ञवालीले आइतबारदेखि महानगरीय प्रहरी परिसर काठमाडौँको प्रमुखको कार्यभार सम्हालेका छन् ।

कार्यभार सम्हालेका एसएसपी ज्ञवाली काठमाडौँ प्रहरी प्रमुख हुनुमा अवसर र चुनौति दुवै भएको बताउँछन् । एसएसपी ज्ञवाली भन्छन्, ‘चुनौतिलाई अवसरमा परिणत गर्न सकेमात्र सफल भइन्छ । त्यही अनुरुप नै काम गर्नेछु ।’

काठमाडौँ जस्तो महत्वपूर्ण ठाउँको प्रमुखको जिम्मेवारी पाएका एसएसपी ज्ञवालीले थुप्रै जिल्लामा प्रहरी प्रमुख भएर पनि काम गर्ने अवसर समेत पाएका छन् ।

पछिल्लो समय महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत थिए एसएसपी ज्ञवाली । ज्ञवाली प्रहरी महानिरीक्षक (आईजीपी) का सहोदर भाइ हुन् ।

प्रहरी हेडक्वार्टरले गत १२ वैशाखमा एसएसपी ज्ञवालीसँगै एसएसपी दीपक थापाको पनि सरुवा गरेको थियो । ज्ञवालीको काठमाडौँ परिसरमा सरुवा भएको थियो भने थापाको महानगरीय अपराध महाशाखामा ।

एसएसपी थापाले वैशाख १६ गते (मंगलबार) अपराध महाशाखाको जिम्मेवारी सम्हाल्नेछन् । थापा यसअघि प्रहरी हेडक्वार्टरस्थित आर्थिक प्रशासनमा कार्यरत थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार