मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

हामी कोरोनासंग चाहिनेभन्दा बढी डराईरहेका छौं, एनआरएनए आईसिसी सदस्य नबीन बिकको बिचार

शुक्रबार, बैशाख १२ २०७७

म चीनको दक्षिणी प्रान्तको फोशान शहर बस्छु, फोशान मार्सल आर्टका राजा ब्रुसलीको जन्मस्थान हो र उनको बाल्यकाल यहि बितेको थियो ।नेपालमा पाईने जति पनि फर्निचरहरु छन ति सबै यही बाट लगीन्छ, बाथरूम फिटीङ्स, सेनीटरीको सामान, लाइट्सहरु पनि यही बाट नेपाल लगीन्छ, यो एक ऐतिहासिक शहर पनि हो, यहाको जनसंख्या ८५ लाख जति छ र यहा क्यानटोनिज (हंगकंगका चाईनिजले बोल्ने भाषा) र म्यान्डरीन दुबै बोलीन्छ ।

कोरनाको माहामारीले यो शहर पनि अछूतो छैन, यहा ५० जनालाई कोरोना लागेको छ र उपचार्थ छन तर हाम्रो जनजीवन सामान्य छ, मानिसहरु कसरी काममा जान्छन भनेर र सब्जीमन्डीमा कसरी किनमेल भएको थियो त्यो मैले सबै यो भन्दा अगाडी लाईभ भिडीयो मार्फत देखाई सकेको छु। म आफै पनि अफिस, किनमेल गर्न र केही काम परे बाहिर पनि गईरहेकै छु, हामीमा त्रास नभएको होईन तर प्रिकसन्स अपनाएर हेलचक्र्याई नगरी दैनिकी जीबनयापन गर्दा केही फरक पर्दोरहिन्छ भनेर मैले यहा भोगेको र देखेको छु।

अहिले मानिसहरु घरभित्रै थुनिएर बसेका छन, धेरैको जागीर छैन, दैनिक मज़दूरी गरेर खानेहरुलाई धेरै मार परेको छ, मानिसहरु अन्तरशहरमा अड्कीएर बसेका छन, ब्यापार ब्यबसाय चौपट छ, मानिसमा नैरश्यता छाएको छ, एक किसिमले भन्ने हो भने यो लकडाउन मानिसहरुको घाँटी सम्म आईसेकको छ अव जनताले यो भन्दा धेरै थेग्न सक्ने स्थितिमा छैनन, न त आर्थिक हिसाबले न त मानसिक हिसाबले नै , त्यसैले केही मापदण्ड बनाएर र जनतामा जनचेतना फैलाउदै बिस्तारै खुकुलो पार्दै लैजानुनै देश र जनताको लागी हितकारी हुन्छ। यो अदृश्य डरलाग्दो भाईरस खतरनाक पक्कै हो तर सही ब्यबस्थापन गरिएमा यस्ले सोचेजति क्षति गर्न सक्दैन भनेर मैले यहाँ प्रत्यक्ष अनुभूति गर्न पाएको छु।

मास्क अनिवार्य लगाउने, साबुन पानीले हात धुने, ठाउँ ठाउँमा तरल साबुनको झोल र पानी को ब्यबस्था गर्ने, प्रयोग गरिएको माक्सको उचित ब्यबस्थापन गर्ने, एक आपसमा हात नमिलाउने, अत्याआवास्यक काममा बाहेक बाहिर ननिस्कने, पार्टी र बृहत भेला नगर्ने, सार्वजनिक सवारी साधनको प्रयोग नगर्ने, गर्नै परे एउटा सिटमा एक जना बस्ने एक अर्कामा नछोईकन, मुख,नाक, कान, आँखामा हात नलैजाने, कुनै पनि सपिङमल, रेष्टुरेन्ट, अस्पताल, मालपोत, बैक आदि ठाउँमा छिर्नुभन्दा पहिला तापक्रम लिने देखी लिएर, उसको २-३ हप्ताको ट्राभल हिस्ट्री, सम्पर्क नम्बर,ठेगाना सहितको फार्म भर्न लगाएर रेक्रड राख्ने, बाहिर गएर आएसी लगाएको लुगा फुकालेर छुट्टै धुनेठाउमा राख्ने र सम्भव भएमा नुहाएर सफालुगा लगाई हाल्ने, आफुलाई कोरना सम्बन्धी हल्का केही १-२ वटा लक्षण देखिएमा तुरुन्तै अस्पताल गईहाल्ने र परिवारको अन्य सदस्य संग आपासी दुरी कायम गरेमा कोरना बाट बच्न सकिन्छ।

अहिले चीनको सबै सबै शहर खुलिसकेका छन, आआफ्नो काममा फर्किएर कमाई धमाई गर्न थालिसकेका छन, चीनमा कोरोना दिन दिनै नया संक्रमित नभेटिएको पनि होईन, तर उनीहरुको उचित ब्यबस्थापन र प्रिकसन्सले गर्दा सामन्य छ। यो कोरना लागे पनि मरिहालीने पनी होईन, नेपालमै पनि कोरोना लागेका जति सबै सकुशल सफल उपचार गरेर घर फर्किसकेका छन , नेपालमा अहिलेसम्म कोरोनाले कोही मरेकाछैनन, नेपालमा अहिले अरुबेलामा भन्दा मृत्युदर झन कम भएको छ, त्यसैले यस्तो संग डराएर देशै लकडाउन गरेर अभाब र तनाबको जीन्दगी जिउन बाध्य पारिनु कुनै पनि दृष्टिकोण बाट उपयुक्त हुदैन। यसरी जेनतेन मानसि त बाच्लान तर यो कोरोनाको माहामारी पछि जुन अर्थतन्त्रको माहामारी आउने छ त्यसले कोरोनाले भन्दा धेरै मान्छे मार्नेछ ,त्यसैले सम्बन्धित निकायहरुले तुरुन्त यसतर्फ पनि ध्यानदिनुपर्ने अति आवश्यक छ र जतिसक्दो जनजीबन सामन्य पार्नुनै श्रेयस्कर हुन्छ । –हाल फोशान चीन

प्रतिक्रिया
सम्बन्धित समाचार