काठमाडौँ । बृहत्तर खाडी क्षेत्रका विभिन्न राष्ट्रहरू (GCC,MENA region) तथा मलेसिया र पाकिस्तानमा कार्यरत नेपाली राजदूत हरुले बुधबार भिडियो कन्फरेन्स मार्फत समसामयिक विषयहरू र नेपाली कामदारका सुरक्षाका बारेमा छलफल गर्नुभयो। खास गरी COVID-19 को संक्रमणका कारण यस क्षेत्रमा रहनु हुनेनेपालीहरूमा परेको प्रभाव र भावी कार्ययोजनाका विषयमा छलफल केन्द्रित भएको थियो।
उक्त छलफलमा ओमानबाट महामहिम शर्मिला पराजुली ढकाल ,साउदी अरबबाट महामहिम प्रो.महेन्द्र सिंह राजपूत ,इजिप्टबाट महामहिम झविन्द्र प्रसाद अर्याल,बहराइनबाट महामहिम पदम सुन्दास,कुवेतबाट महामहिम दुर्गा प्रसाद भण्डारी,यु.ए.ई. बाट महामहिम कृष्ण प्रसाद ढकाल, कतारबाट महामहिम डा.नारद नाथ भारद्वाज,इजराइलबाट महामहिम डा. अञ्जान शाक्य,पाकिस्तानबाट महामहिम सेवा लम्साल र मलेसियाबाट महामहिम उदयराज पाण्डेले आ-आफ्नो मुलुकको अनुभव राख्दै यस क्षेत्रमा रहेका नेपालीहरूको स्वास्थ्य, सुरक्षा र राष्ट्रिय हित प्रवर्द्धनका लागि आगामी दिनहरुमा समेत सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

उक्त कन्फरेन्सको संयोजन ओमानका लागि नेपाली राजदूत महामहिम शर्मिला पराजुलीले गर्नुभएको थियो। उक्त कन्फरेन्स अत्यन्त महत्वपुर्ण भएको , एक देशको समस्या अर्को देशको महामहिमलाई समेत जानकारि भएको र हालको महामारिबाट कसरि नेपालीलाई सुरक्षित राख्न सकिन्छ भन्ने बिसयमासमेत छलफल भएको महामहिम पराजुलिले बताउनुभयो । उहाका अनुसार बृहत्तर खाडी क्षेत्रका विभिन्न राष्ट्रहरू (GCC,MENA region) तथा मलेसिया र पाकिस्तानमा कार्यरत नेपाली राजदूतहरु सङ्ग भिडियो कन्फरेन्स मार्फत कोरोना भाईरस COVID-19 को संक्रमणका कारण यस क्षेत्रमा रहेका नेपालीहरुमा परेको प्रभाव र भावी कार्ययोजनाका विषयमा छलफल केन्द्रित रहेको र छलफल अतन्त फलदायि भएको जानकारि दिनुभयो ।