मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

कोरोना भाइरसका कारण १ लाख ८३ हजारको मृत्यु, २६ लाख संक्रमित

बिहिबार, बैशाख ११ २०७७

काठमाडौँ । महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणबाट १ लाख ८४ हजारको मृत्यु भएको छ ।

आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार ४१ पुगेको छ । २६ लाख भन्दा बढी मानिस संक्रमित भएका छन् ।

हाल सम्म सबैभन्दा धेरै अमेरिकामा ४७ हजार ६५९ले कोरोनाका कारण ज्यान गुमाएका छन् । इटलीमा २५ हजार ८५, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २१ हजार ३४० तथा बेलायतमा १८ हजार १०० ले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

नेपालमा भने कोरोना ४५ जनामा संक्रमण देखिएको छ । जसमध्ये ७ जना निको भएर घर फर्किसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार