काठमाडौं । गोरखा-काठमाडौँ सम्पर्क मन्चले काठमाडौँमा राहत वितरण गरेको छ । लकडाउनका कारण समस्यामा परेका गोरखाबाट काठमाडौं आई बस्ने विद्यार्थी तथा मजदुरका लागि राहत वितरण गरिएको हो ।
सम्पर्क मन्चले एउटा टिम निर्माण गरि समस्यामा परेका परिवारलाई दाल, चामल, तेल, नुन, र चिउरा वितरण गरेको गण्डकी प्रदेश सम्पर्क मंचका सदस्य नारायण भट्टराईले जानकारी दिए।
मंचले पालिकास्तरिय समुह निर्माण गरि समस्यामा परेकाहरुको पहिचान गरि राहत बितरण गरेको हो । अहिलेसम्म १ सय २० प्याकेट राहत सामग्री बितरण गरिसकिएको र अझैं थप राहत वितरण गरिने भट्टराईलेले बताए।
सम्पर्कमा आएका समस्यामा परेका सबैलाई सक्दो सहयोग गर्ने नेकपा जिल्ला पार्टी सदस्य रामहरी श्रेष्ठले जानकारी दिएका छन्। समस्यामा परेकालाई सम्पर्कमा आउन अपिल गर्दै श्रेष्ठले भने, ‘हामी सहयोग गर्न तयार छौ, समस्या परे हामीलाई भन्नुहोला।’
उक्त राहत वितरण अभियानमा रामहरि श्रेष्ठ, मोहन भट्टराई, भीम प्रसाद काप्री, नारायण भट्टराई, रमेश बञ्जारा, देवेन्द्र श्रेष्ठ, जीवन बायलकोटी, उत्तर कुमार श्रेष्ठ, सरोज धिताल, अनुप श्रेष्ठ, सागर पन्त, अनिल पन्त, सुनिल लामिछानेलगायतको सहभगिता थियो।
घरघरमा राहत पुर्याउन देवेन्द्र श्रेष्ठले मंचलाई गाडी उपलब्ध गराएका थिए।