मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

उदयपुरका थप ८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ४० (अपडेट)

मंगलबार, बैशाख ९ २०७७

काठमाडौं, ९ वैशाख / उदयपुरका थप आठ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ८ जनाकै प्रयोगशाला परीक्षणमा कोरोना पोजेटिभ आएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस सल्लाहकार माधवप्रसाद तिवारीका अनुसार बिपि स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको प्रयोगशाला परीक्षणमा परीक्षणमा ८ जनामै कोरोना पोजेटिभ देखिएको हो ।

यसअघि आजै उदयपुरका ३३ बर्षीय एक जना युवामा कोरोना संक्रमण देखिएको थियो । थप आठ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ ।

यसअघि आजै उदयपुरमा एक ३३ वर्षीय पुरुषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । राष्ट्रिय जनस्वास्थ्य प्रशोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोनाभाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार